४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गिरिको अस्तु विसर्जनका लागि काशी लगियो

गिरिको अस्तु विसर्जनका लागि काशी लगियो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौँदेखि काशीसम्मको यात्रा टोलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आज पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच स्व गिरिको अस्तु हस्तान्तरण गरेरे बिदाइ गर्नुभयो ।

गिरिको स्मृति दिवसका अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा गर्नुभएको योगदानका बारेमा उहाँलाई स्मरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले “स्व गिरि एक अदभूत व्यक्तित्व हुनुहुन्थ्यो, जसको अहिले व्याख्या विश्लेषण गरेर अधुरो हुन्छ”, भन्नुभयो ।

स्व गिरि नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरुको राजनीतिक गुरुसमेत हुनुभएको नेता निधिले व्याख्या गर्नुभयो । “प्रदीप गिरि, अदभुद व्यक्ति हुनुहुन्थ्यो । विचारक, साहित्यकार, लोकतन्त्रवादी, समाजवादी, नेपालका कम्युनिष्ट पार्टीका प्रेरणा मात्रै हैन आम बुद्धिजीवी, वर्ग समुदायका साथै उहाँ त्योभन्दा माथि एक अदभुद व्यक्ति हुनुहुन्थ्यो”, नेता निधिले भन्नुभयो ।

नेता निधिको विचारमा स्व गिरि स्वतन्त्रताप्रेमी ‘व्यक्तिगत जीवनमा अव्यवस्थित तर विचारमा अत्यन्तै सङ्गठित’ हुनुहुन्थ्यो । कांग्रेस नेता निधिले तत्कालीन समयमा गिरिले भारतका नेतालाई नेपालको जनआन्दोलनका पक्षमा समर्थन जनाएर माहोल बनाउन भूमिका खेलेको स्मरण गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० का सचिव राम कार्कीले स्व गिरि नेपालको मौलिक परिवेसको समाजवादको भगिरथ प्रयासरत रहनुभएको उल्लेख गर्दै उहाँको अधुरो सपनालाई साकार पार्न अहिलेको युवापुस्ताले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले आधुनिक राजनीतिमा युवापुस्तालाई विचारसँग जोड्न र सक्षम बनाउन गिरिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । मुलुकको राजनीति ठिक ढङ्गले अघि नबढ्दासम्म देशको विकास र समृद्धिले फड्को मार्न नसक्ने उहाँको तर्क थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले गिरिको बौद्धिक, राजनीतिक र सामाजिक व्यक्तिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, साहित्यकार धीरेन्द्र प्रेमर्शीलगायत गिरिका अनुयायीको उपस्थिति थियो । प्रदीप गिरि पावन स्मृति आयोजक समितिका अध्यक्ष रामपल्टन साहले स्व गिरिको विचार, आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै देशमा मात्रै नभएर भारत वर्षको सेतुबाँधका रुपमा प्रचारप्रसार गरिनुपर्नेमा जोड दिनुभयो ।

स्व गिरिको अस्तु विसर्जन यात्रा आज काठमाडौँबाट हेटौँडासम्मको हुनेछ । आइतबार वीरगञ्जमा बिहान गिरिका अनुयायीको उपस्थितिमा श्रद्धाञ्जलि अर्पणसँगै भारतको बनारसका लागि यात्रा अघि बढ्नेछ । राति बनारस पुगेर गङ्गा नदीको मणिकर्निका घाटमा विधिअनुसार स्व गिरिको अस्तु विसर्जन गरिनेछ । भदौ ४ गते बनारस विश्वविद्यालयमा भारतीय नेताको उपस्थितिमा प्रदीप गिरिको स्मृति कार्यक्रम गरिने बताइएको छ । सोही दिन साँझ प्रार्थनासभा आयोजना हुनेछ । यात्रा टोली भदौ ५ गते काठमाडौँ फर्कने अध्यक्ष शाहले जानकारी दिनुभयो ।

पशुपतिनाथ–काशी यात्राको संयोजन गर्नुभएका कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले प्रदीप गिरिका मित्रसँगको अन्तक्र्रिया उहाँ बसेका विभिन्न ठाउँको भ्रमण गरी उहाँको प्रचारप्रसार गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । विसं २००४ असोज २४ गते जन्मनुभएका गिरिको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद् निधन भएको थियो ।

विसं २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीतिक रुपमा बढाउनुभएका नेता गिरिले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गर्नुभएको थियो । निष्ठाप्रति अटल, सादगी जीवन र प्रष्ट दृष्टिकोणका धनी नेता गिरिले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । रासस