• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

कांग्रेस नेता भण्डारी डिस्चार्ज



काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ हुनुभएको छ । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

“शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “विस्तारै विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।” डा नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उहाँलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताउनुभयो ।

उहाँका अनुसार नेता भण्डारीको पुन: मङ्गलबार घाउको ड्रेसिङ गरिनेछ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते हुनुभएका उहाँको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो ।

“जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो”, उहाँले भन्नुभयो, “दागहरु निकालेर छाला प्रत्यारोपण गरिएको हो ।”

उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसहित प्राडा बिडी झा, प्राडा शङ्करमान राई, डा किरण नकर्मी, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा विशाल कार्की डा प्रविन गिरी, डा सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा प्रज्वल श्रेष्ठ गरी ११ जनको चिकित्सको टोली उपचारमा संलग्न रहेको थियो ।

गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो । रासस