४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण
अ+ अ-

दमक । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताउनुभयो ।

अहिले नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण हुने गरेको छ भन्दै उहाँले यस्ता रोग नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीका रूपमा आएको आँैल्याउनुभयो । ‘पेनप्लस’ कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढे आगामी पाँचदेखि १० वर्षमा मृत्युदर धेरै घटाउन सकिने डा कोइरालाको भनाइ थियो । रोगको पहिचान नभई अकालमा हुने मृत्यु रोक्न यो कार्यक्रम प्रभावकारी बन्ने उहाँले जनाउनुभयो ।

“रोगको पहिचान भयो भने उपचार तथा व्यवस्थापन हुनेछ र यसबाट अकाल मृत्यु टार्न सकिन्छ”, डा। कोइरालाले भन्नुभयो, “आर्थिकरूपमा कमजोर रहेर स्वास्थ्योपचार गराउन नसकेका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने, औषधि उपलब्ध गराउने र थप उपचार गराउनुपर्ने अवस्थामा पनिसहयोग मिल्ने छ ।”

उहाँका अनुसार दमकमा उपचार हुन नसके वा थप जाँच गर्नुपर्ने अवस्था भएमा यहाँबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्न लागिएको छ । यसका लागि प्रारम्भिक चरणको सम्झौता भइसकेकाले एकजना सम्पर्क व्यक्तिसमेत राखिने छ ।

छलफलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा डा सञ्जीव शर्माले ‘पेनप्लस’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदा मानिसको अकाल मृत्युलाई रोक्न सकिने जानकारी दिनुभयो । उहाँले दमकबाट रेफर भएर गएका बिरामीको जाँच तथा उपचारका लागि आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता पनि जनाउनुभयो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत पेनप्लस कार्यक्रमका प्रमुख फणीन्द्रप्रसाद बरालले दमक र बर्दियामा नमूनाको रूपमा यो कार्यक्रम सुरु भइसकेको जानकारी गराउनुभयो । यो अहिले नमूना परियोजनाको रूपमा दमकसहित सीमित ठाउँमा रहे पनि यसलाई विस्तार गरिँदै लैजाने उहाँको भनाइ थियो।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख रेगिना भट्टराईले मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सरजस्ता नसर्ने रोगको अनुसन्धानात्मक उपचारका लागि दमक अस्पतालमा कार्यक्रम सञ्चालन भइरहेकाले यसबाट लाभ लिन छिमेकी पालिकाका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मोरङ, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, इलाम, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, झापा, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजनकुमारी न्यौपानेलगायतले विलासी जीवनशैलीका कारण नसर्ने रोगको प्रकोप बढिरहेकाले यसका लागि सहकार्य गर्न आफूहरु तयार रहेको स्पष्ट पार्नुभयो ।

‘पेनप्लस’ कार्यक्रमअन्तर्गत नसर्ने रोगका मुख्यगरी मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता बिरामीको परीक्षण, उपचार र औषधिलगायतको सेवाबारे उक्त नगरपालिकासहित आसपासका पालिका प्रमुख तथा प्रतिनिधिबीच छलफल गरिएको थियो । रासस