४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागद्वारा कार्ययोजना हस्तान्तरण

एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागद्वारा कार्ययोजना हस्तान्तरण
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) स्वास्थ्य तथा जनसङ्ख्या विभागले आफ्नो बार्षिक कार्ययोजना तयार गरेको छ । उक्त कार्ययोजना पार्टीका स्थायी कमिटी सदस्य तथा विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठले आज महासचिव शंकर पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा महासचिव पोखरेलले जनतासँग प्रत्यक्ष सरोकार रहने स्वास्थ्य सेवाको विषय संवेदनशील रहेकाले विभागले हरेक समय स्वास्थ्य क्षेत्रका विषयमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

विभागले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित आवश्यक नीति निर्माण र स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि पार्टीलाई सुझाव दिने लगायत बर्षभरिमा गरिने विभिन्न सेवामूलक काम समेटेर कार्ययोजना बनाएको छ ।

सो अनुसार विभागले स्वास्थ्य विज्ञहरू, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका घटक संगठनहरू र पार्टी नेतृत्वसँग छुट्टाछुट्टेै अन्तरक्रिया आयोजना गर्ने छ ।

त्यसैगरी विभाग र महासंघले संयुक्त रूपमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने, पार्टी र जनसंगठनका सार्वजनिक कार्यक्रमहरूमा स्वास्थ्य डेस्क सञ्चालन गर्ने, स्वास्थ्य स्वयंसेवा अभियान, सरसफाइ अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ भने महासंघमार्फत स्वास्थ्यकर्मीहरूलाई व्यावसायिक दक्षता बृद्धिका लागि प्रशिक्षण सञ्चालन गरिने छ । विभागले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका कम्युनिष्ट नेताहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने विषयलाई पनि कार्ययोजनामा समेटेको छ ।

महासचिव पोखरेललाई विभागको कार्ययोजना हस्तान्तरण गर्दै विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठले गतबर्षको कार्ययोजनामा टेकेर परिमार्जित कार्ययोजना बनाइएको वताउनुभयो । उहाँले गत दुईमहिनामा आफ्नो नेतृत्वमा विभागले गरेका कामको पनि जानकारी गराउनुभयो ।

विभागले यसबीचमा स्वास्थ्य क्षेत्रका समस्याका बारेमा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई ज्ञापनपत्र बुझाइएको, पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग चिकित्सकहरूको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको लगायत कामको जानकारी गराउनुभयो ।

सो अवसरमा विभागका सचिव महेन्द्र श्रेष्ठ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा। झलक गौतम लगायत विभागका सदस्यहरूको उपस्थिति रहेको थियो ।