२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आवमा आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण



अ+ अ-

काठमाडौँ । सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुन : निर्माण भएको छ । गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डस्मिथ भएको विभागले जनाएको छ । गतवर्ष सात सय ६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकामा पाँच सय ३८ किमी सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध हुँदहुँदै पनि सडक विभागको प्रगति झण्डै ६९ प्रतिशत पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ चालु वर्ष समयमा कामको प्रगति अझै बढाइनेछ ।” अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो । अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार हुनसकेको छैन ।”

राष्ट्रिय गौरबका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ । नागढुङ्गा–नौबिसे सडकखण्ड स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ । सो सडकखण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको विभागले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ ।

तमोर करिडोरअन्तर्गत मूलघाट–सुभाङ्गखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम सुरु भएको छ । ग्वार्खो ‘फ्लाईओभर’ को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाईओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताको लागि सहमति माग गरिएको छ । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ । रासस