२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप छनोटः मछिन्द्र र भारतको मोहन बगानबीचको खेल आज



अ+ अ-

काठमाडौँ । नेपालको ‘ए’ डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्रले मोहन बगानलाई पराजित गरेमा प्लेअफमा स्थान बनाउनेछ ।

यो खेलको विजेता टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगल मध्ये एक टोलीसँग प्ले अफ खेल्नेछ ।

समूह चरणका खेलमा हरेक टोलीले ‘होम एण्ड अवे’ को आधारमा खेल्नेछ ।

दक्षिण एसियाली क्षेत्रको प्लेअफ विजेता एक टोली एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।

 




भर्खरै