४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र रावलबीच के–के कुरा भयो ?



अ+ अ-

काठमाडौँ । लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेकपा एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार ललितपुरस्थित पार्टी मुख्याचलय च्यासलमा दुई शीर्षनेताहरूबीच भेटवार्ता भएको हो । भेटपछि भीम रावलले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै देशको स्थितिबारे छलफल भएको बताए । उनले आ–आफ्ना विचारहरू राखेको र सामान्य कुराकानी भएको जानकारी दिए ।

‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो । आज भलाकुसारी गर्‍यौं । के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ । यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ । त्यसमा सामान्य कुराकानी भयो । अब फेरि कुराकानी गर्ने भन्नेभयो,’ नेता रावलले भने ।

रावल एमालेमै रहे पनि कुनै पनि जिम्मेवारीमा छैनन् । पछिल्लो समय उनी पार्टीका गतिविधिमा निष्क्रिय नै छन् ।

जिम्मेवारी दिनेबारे के छलफल भयो भन्ने क्रममा रावलले भने – ‘होइन, हामीले अघि नै भनेका थियौं । धेरै लामो समयपछि भेटघाट भएको हो । अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश–विदेशको बारेमा जानकारी हुन्छ । सूचना हुन्छ । अब म पनि अध्ययन गरिरहेको मान्छे । आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो । अब फेरि कुराकानी गरौंला भन्ने भयो । यतिमात्रै भयो ।’

एमालेको १० औं महाधिवेशनमा रावलले ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो । गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट नदिएपछि पनि रावल असन्तुष्ट बनेका थिए ।