४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मुगु जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो

मुगु जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो
अ+ अ-

मुगु । मुगु जीप दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

सोमबार अपराह्न ४ बजे भएको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भए पनि अस्पतालमा सिटिस्क्यानलगायतका मेसिन नहुँदा समस्या र जटिलता पहिचान गर्न चिकित्सकलाई कठिनाइ भएपछि घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

वर्षाको पानीले कर्णाली राजमार्गअन्तर्गत गोठी जिउँला–गमगढी सडकखण्डको ठाउँठाउँमा पहिरो गएको र रारा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयले हवाई सेवा दिउँसो सञ्चालनमा नरहेकाले घाइतेको थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाइएको मुगु जिल्लाका सङ्घीय सांसद ऐनबहादुर शाहीले जानकारी दिनुभयो ।

जिल्ला अस्पातलमा उपचार सम्भव नहुने भएपछि घाइते चारै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पहल गर्न जिल्ला अस्पातल मुगुबाट आज जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्र लेखेर जानकारी गरिएपछि सोही पत्र आफूले गृह मन्त्रालय, सङ्घीय सांसद, प्रदेशसभा सदस्यलाई आवश्यक पहलका लागि पठाएको र उहाँहरूको पहलमा घाइतेको थप उपचार गर्न नेपाल सरकारले हेलिकप्टरको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो ।

घाइतेको टाउकोमा चोट देखिएकाले सिटिस्क्यान मेसिन नहुँदा उनीहरूको टाउको चोट कतिको छ भन्ने थाहा नभएको जिल्ला अस्पातल मुगुका डा नहकुल शाहीले बताउनुभयो । उहाँका अनुसार टाउको ‘सपोर्ट’ का लागि आवश्यक सरभाइकल कोलर र स्पाइलल ब्याक सपोर्ट नहुँदा कार्टुनको प्रयोग गरेर भए पनि उपचार गरिएको थियो ।

सोमबार भएको जीप दुर्घटनामा सवार नौ जनामध्ये हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो भने मुगुको सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजङ्ग नेपालीको उपचार गर्न जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो ।

दुर्घटनामा मुगु सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उजिर बोहोरा गम्भीर घाइते भएका थिए । सोरु गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार अपराह्न ४ बजे दुर्घटना भएको थियो । रासस