४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पिएसजीको प्रशिक्षणमा फर्किँदै एम्बाप्पे

पिएसजीको प्रशिक्षणमा फर्किँदै एम्बाप्पे
अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार केलिएन एम्बाप्पे अन्ततः क्लबको प्रशिक्षणमा फर्किने भएका छन् । पिएसजीले यसअघि एम्बाप्पेलाई आफ्नो मुख्य टिमसँग प्रशिक्षणको अनुमति दिएको थिएन भने उनलाई पहिलो खेलमा बेन्चमा राखिएको थियो ।

तर, एम्बाप्पे र क्लब प्रतिनिधिबीचको छलफल सकरात्मक भएपछि आइतबारबाट उनी पिएसजीको मुख्य टोलीसँगै प्रशिक्षणमा फर्किन लागेका हुन् ।

क्लबले भनेको छ – ‘पिएसजी–लोरिएन्ट खेलअघि पेरिस सेन्ट–जर्मेन र केलियन एम्बाप्पेबीच सकारात्मक छलफल भएको छ । जसअनुसार एम्बाप्पेलाई आज बिहान प्रशिक्षण टोलीमा पुनर्स्थापित गरिएको छ ।’

शनिबार राति भएको सिजनको पहिलो खेलमा एमबाप्पेलाई बेन्चमा राखेको पिएसजी लोरिएन्टसँग गोलरहित बराबरीमा रोकिएको थियो । उक्त खेलमा एम्बाप्पेलाई टिममा सहभागी गराइएको थिएन ।

यो सिजनमै पिएसजीले एम्बाप्पेलाई बेच्न निकै प्रयास गरिरहेको छ । उनी आगामी सिजन फ्री ट्रान्सफर हुने भएकाले उनलाई यसै सिजन बेच्न क्लब कम्मर कसेर लागेको हो ।

यता, एम्बाप्पे भने आफ्नो अन्तिम एक वर्षे सम्झौताअनुसार उनी पिएसजीमा नै यो सिजन बसेर अर्को सिजन फ्री ट्रान्सफरमा रियल मड्रिड जाने सोचमा रहेका छन् ।

एम्बाप्पेसँग असन्तुष्टिकै कारण पिएसजीले उनलाई प्रि–सिजनको एशिया भ्रमणमा साथमा लगेको थिएन भने टिमको मुख्य खेलाडीहरुसँग प्रशिक्षणको अवसरसमेत दिएको थिएन ।

सिजन सुरु हुनुअघि साउदी क्लब अल–हिलालले एम्बाप्पेमाथि विश्व कीर्तिमानी २ सय ५९ मिलियन पाउन्डको प्रस्ताव पिएसजीसँग गरेको थियो । एम्बाप्पेले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

पिएसजीले आगामी शनिबार टौउलौउसेसँग प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षणमा बोलाएसँगै एम्बाप्पे उक्त खेलबाट मैदान फर्किने सक्नेछन् । यसबारे क्लबको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।