२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनकै सय किलो सुन अवैध रूपमा नेपाल भित्रिरहेको छ: ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको दाबी गर्नुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दिनकै सय किलो सुन विभिन्न भन्सारबाट अवैध तरिकाले नेपाल भित्रिरहेको बताएउनुभएको हो ।

अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गर्दै भन्नुभयो, “ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन ।”

कैयौँ भन्सारमा चेकजाँच नै नहुने उहाँको भनाइ थियो । त्यसैले राजश्व कम उठेको उहाँले बताउनुभयो । “अरू नाकाहरू चेक नै भएको छैन। राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन”, उहाँले भन्नुभयो ।

यी सबै कुरामा सरकारको संलग्नता के छ राम्ररी हेर्न र छानबिनका लागि एमालेले समिति बनाउन माग गरेको तर, सरकार पहिल्यै डराएको अध्यक्ष ओलीले बताउनुभयो ।