२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई भेटेपछि सुनिल शर्माले भने– कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने जिकिर गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बाहिरीने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै शर्माले यस्तो बताएका हुन् ।

सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको उनको भनाई छ ।

चुनावअघि गठबन्धन गर्दा हाम्रो धेरै साथीहरूको राजनीतिक हत्या भएको उल्लेख गर्दै उनले भने, हाम्रो पक्ष गठबन्धनको पक्षमा थिएन पार्टीभित्र पनि । अहिले हामी जति प्रचण्डको नेतृत्वमा बस्छौं त्यति कांग्रेस खिइन्छ । कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाई, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’

उनले गृहमन्त्रीको राजीनामा माग्दै एक्लैले भएपनि संसद अवरोध गर्ने चेतावनी दिए ।