२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाले छापामार शैलीमा पृथ्वीनारायण शाहको शालिक हटायोः राप्रपा प्रवक्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले पोखरा महानगरपालिकाले मध्यरातमा छापमार शैलीमा पृथ्वीनारायण शाहको शालिक हटाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत महानगरपालिकाले शालिक हटाउनु दुःखद, निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् ।

उनले भनेका छन्ः ‘पोखराको पृथ्वी चोकमा बुधबार केही उच्छृङ्खल समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवा लगायतले पुनःस्थापना गरेको र शुक्रबार मध्यरातमा पोखरा महानगरले छापामार शैलीमा फेरि हटाएको खबर दुःखद, निन्दनीय र आपत्तिजनक छ।’

यस्तै, श्रेष्ठले पृथ्वीनारायण शाह राजसंस्था नमान्ने गणतन्त्रवादीहरुका पनि राष्ट्रनिर्माता भएको जिकिर गर्दै उनको शालिकमाथि भइरहेको अपमान स्वाभिमानी नेपालीको समेत अपमान भएको बताएका छन् ।

‘पृथ्वीनारायण शाह त राजसंस्था नमान्ने गणतन्त्रवादीहरुका पनि राष्ट्रनिर्माता हुन्, नेपाली हुँ भनेर गर्व गर्नेले इतिहासको अपमान सहन हुँदैन । पोखरामा उहाँको शालिकमाथि भइरहेको अपमान स्वाभिमानी नेपालीको अपमान हो । आफ्नो गौरवशाली इतिहासमाथिको अपमानमा मौनता साँधेर नबसौं, उठौं, जागौं’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

पृथ्वीनारायण शाहको शालिकमाथिको निरन्तरको वक्रदृष्टि कुनै एउटा पार्टीको विषय मात्रै नभएको बताउँदै प्रवक्ता श्रेष्ठले राष्ट्रनिर्माताको यथोचित सम्मान हरेक राजनीतिक दल र देशभक्त नागरिकको साझा विषय हुनपर्नेमा जोड दिएका छन् ।

बुधबार एक समूहले पोखराको पृथ्वी चोक (लखन चोक)मा रहेको पृथ्वीनारायण शाहको शालिक सडकमा फालेको थियो । सडकमा फालिएको शाहको प्रतिमा बिहीबार राप्रपाका कार्यकर्ताले पुनःस्थापना गरेका थिए ।