४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

तीन दिन भारी वर्षा हुने

तीन दिन भारी वर्षा हुने
अ+ अ-

काठमाडौँ । आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।

विशेष मनसुन बुलेटिन जारी गर्दै नेपालमा दुईथरी न्यूनचापीय प्रणालीको असरका कारण तीन दिन भारी वर्षा हुने विभागले जानकारी दिएको छ। मनसुनको मुख्य न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको छ। त्यो रेखा केही दिन अझ नजिक सर्दा भारी वर्षा दोहोरिने सम्भावना उच्च छ। यसका साथै भारतको विहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको अर्को न्यूनचापीय प्रणालीको प्रभाव उच्च रहेको छ। मौसमविद् वरुण पौडेलका अनुसार केही दिनयता सक्रिय रहेको मनसुनी वर्षा तुलनात्मक रूपमा शनिबार रातिदेखि अझ भारी हुने सम्भावना रहेको छ। पौडेलले भन्नुभयो, “मनसुन सक्रिय रहँदा कहिले भारी र कहिले अलिक कम वर्षा हुने क्रम चल्छ, त्यसै क्रममा फेरि भारी वर्षाको चक्र सुरु हुन थालेको हो।”

शनिबारदेखिको वर्षाले तराईभन्दा देशको पहाडी भूभागमा असर गर्ने अनुमान उहाँले गर्नुभयो। सुरुका दिनमा तराई भेगमा भारी वर्षा हुँदा त्यहाँको जनजीवनमा असर गर्ने देखिएको छ। त्यसपछि पहाडतिर उक्लने भारी वर्षाले बाढीपहिरो र भेलपहिरोको खतरा निम्त्याउन सक्ने भएकाले सरोकारवाला निकायलाई सतर्क रहन भनिएको छ।

विभागद्वारा जारी विशेष बुलेटिनमा भनिएको छ, “शनिबारदेखि सोमबारसम्म देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ।” त्यस्तै ठुला तथा साना नदीनाला र खोलामा पानीको बहाव बढ्ने छ। दैनिक जनजीवन तथा सडक मार्ग तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ।

शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भेगमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा पनि भारी वर्षा हुने भएको छ। आइतबार देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा भारी वर्षा हुने छ। त्यस्तै मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।

सोमबार देशभर पूर्ण बदली कायम रहँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, कोशी, मधेश र बागमती प्रदेशका केही भेगमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। सोमबारसम्म मध्यमदेखि अति भारी वर्षाको क्रम तीन दिन चल्ने हुँदा देशका ठुला साना नदीको बहाव बढ्ने, आकस्मिक बहाव हुने सम्भावना रहेकाले तटीय क्षेत्रमा थप सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। मङ्गलबारदेखि भने वर्षाको दर कम हुँदै जाने भएकाले बाढीपहिरोको सम्भावना पनि कम हुँदै जाने मौसमविद् पौडेलले बताउनुभयो। चार दिनअघि देशका विभिन्न स्थानमा भारी वर्षा हुँदा बाढीपहिरो र डुबानले जनधनको क्षति गरेको थियो।

कम हुँदै मनसुनी वर्षा

विगत २० वर्षको मनसुन सिजनको वर्षाको विश्लेषण गर्दै विभागको जलवायु विशलेषण शाखाले मनसुन सिजनको वर्षा घट्दै गएको औँल्याएको छ। नेपालमा सन् १९९१ देखि सन् २०२० सम्म २० वटा वर्षा मापन केन्द्रको नियमित अनुगमन गर्दा मनसुनी वर्षाको दर बिस्तारै कम हुँदै गएको देखिएको छ। मनसुनको मुख्य अवधि जेठ १५ देखि असोज १५ गतेसम्मको अवधिमा सरदर एक हजार ४७२ मिलिमिटर मनसुनी वर्षा रेकर्ड हुने गरेको शाखाले उल्लेख गरेको छ। तर पछिल्लो समय मनसुनी वर्षाको दर कम हुँदै गएको देखिएको हो।

जुन कुरा यस वर्षको मनसुनको तीन महिनाको अवधि व्यतीत भइसक्दा रेकर्ड भएको वर्षाको आधाआधी मात्र वर्षा भएको पाइएको छ। मनसुन सुरु भएयता एक साता अघिसम्म सरदर ६५५.५ मिलिमिटर मात्र वर्षा भएको छ। जुन २० वर्षको सुरदर वर्षाको करिब ४४.५ प्रतिशत मात्र हो। यसले अहिलेसम्म जति हुनुपर्ने हो, त्यो मात्राको वर्षा भएको छैन।

मध्यक्षेत्रमा वर्षाको दर ठिकै रहे पनि तराई भेगमा अति कम वर्षा भएको शाखाले औँल्याएको छ। वर्षाको प्रवृत्ति फेरिँदै जानु र मनसुनको समयमा पनि फेरबदल आएका कारण यस्तो हुने गरेको जलवायुविज्ञ डा। इन्दिरा कँडेल बताउनुहुन्छ। गोरखापत्र दैनिक