२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाली सेनाको बसमा आइएसको आक्रमण, २३ सैनिकको मृत्यु



अ+ अ-

एजेन्सी । युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ ।

सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाएपनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट अक्कल झुक्कल आफ्नो उपस्थिति देखाउँदै आएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले इस्लामिक स्टेट ९आइएस०का सदस्यले बिहीबार देइर एजोर प्रान्तमा एउटा सैन्य बसलाई निशाना बनाएको जनाएको छ ।
सिरियामा रहेका स्रोतको नेटवर्कमा निर्भर रहेको बेलायतस्थित उक्त समूहले पछिल्लो आक्रमणमा परी २३ सैनिकको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

सिरियाको विशाल बाडिया मरुभूमिमा रहेको देइर एजोर प्रान्तको मायादीन क्षेत्रमा जिहादीहरूले बसलाई घेरेर गोली चलाएपछि भएको झडपपछि दर्जनौं (अन्य) सैनिक सम्पर्कमा आउन सकेका छैनन् ।

सिरियाको सरकारी समाचार संस्था सानाले नाम नखुलाइएका एक सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त ‘आतङ्ककारी हमला’का कारण कैयौँ सैनिक हताहत भएको जनाएको छ ।

सिरियाली सरकारी सेना र उनीहरूका सहयोगी इरानी समर्थित सशस्त्र समूहहरू शुक्रबार बिहान डेर एजोरमा तैनाथ उच्च सतर्कतामा रहेको अब्जरभेटरीले जनाएको छ ।

अब्जरभेटरीका रामी अब्देल रहमानले भन्नुभयो, “आइएसले सम्भव भएसम्म धेरैभन्दा धेरै मृत्युहरू निम्त्याउने लक्ष्यसाथ पछिल्लो समय आफ्नो घातक सैन्य आक्रमणलाई बढाइरहेको छ ।”

जिहादीहरूले यसो गरेर ‘आफ्ना नेताहरूमाथि लक्षित सैन्य कारबाही हुँदासमेत पनि’ समूह अझै सक्रिय र शक्तिशाली छ भन्ने सन्देश दिन खोजेका छन्,” उहाँले एएफपीलाई भन्नुभयो । गत साता इस्लामिक स्टेटले आफ्ना नेता अबु अल हुसेन अल हुसैनी अल–कुरैशीको मृत्यु भएको घोषणा गरेको थियो ।

समूहका प्रवक्ताले टेलिग्राम सन्देश एपमा आफ्नो च्यानलमा रेकर्ड गरिएको सन्देशमा अबु हफ्स अल–हाशिमी अल–कुरैशी भनिने नयाँ नेताको घोषणा गरेका छन् ।

सन् २०१९ को मार्चमा आइएसले सिरियामा आफ्नो कब्जामा रहेको अन्तिम भूभाग अमेरिकी नेतृत्वको गठबन्धनसमर्थित कुर्दिश नेतृत्वको प्रतिआक्रमणका कारण गुमायो, तर जिहादी अवशेषले घातक आक्रमण जारी राखेको छ ।