२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोसिमाको स्वास्थ्यमन्त्री बस्नेतलाई सुझाव: डाक्टर र सम्पूर्ण स्वास्थ्यकर्मीहरु समक्ष आममाफी पनि माग्नुहोला !



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सबै स्वास्थ्यकर्मीहरुको अभिभावकत्व महसुस गराउन सुझाव दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सांसद कार्कीले हतोत्साहित भई देशका डाक्टर, नर्स, स्वास्थ्यकर्मी सबै विदेश पलायत हुन थालिसकेको भन्दै उनीहरुको अभिभावकत्व महसुस गराउन सुझाव दिनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले आफ्नो कार्यकालको १०० दिन पूरा भएको उपलक्षमा आज सेतो कोट दिवस मनाउन सेतो एप्रोनसहित डाक्टरहरुलाई बोलाउनुभएको रहेछ भन्दै सांसद कार्कीले विगतमा बोलेका कुरालाई लिएर समीक्षा गर्दै माफी माग्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “निरुत्साहित भई गुनासो पोख्न गएका स्वास्थ्यकर्मीलाई ‘आत्महत्या गर्ने भए डोरी मै दिन्छु, मन्त्रीकै गेटमा आई झुण्डिन भन्दिनु’ भनी अमानवीय, अमर्यादित अभिव्यक्तिसहित आत्महत्या दुरुत्साहन गर्नुभएकोमा आज ती तमाम डाक्टर र सम्पूर्ण स्वास्थ्यकर्मीहरु समक्ष आममाफी पनि माग्नुहोला ।”




भर्खरै