४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लम्पी स्किनबाट लुम्बिनीमा साढे पाँच हजार बढी पशुको मृत्यु, घट्दै सङ्क्रमण

लम्पी स्किनबाट लुम्बिनीमा साढे पाँच हजार बढी पशुको मृत्यु, घट्दै सङ्क्रमण
अ+ अ-

लुम्बिनी । विसं २०७७ साउन ७ गते लुम्बिनी प्रदेशको रूपन्देहीमा पहिलो पटक लम्पी स्किन रोगको पहिचान भएको थियो । त्यसयता लुम्बिनी प्रदेशमा पाँच हजार सात सय ४८ पशुको मृत्यु लम्पी स्किनकै कारण भएको छ । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ व्यापकरूपमा फैलिँदा लुम्बिनी प्रदेशका पशुपालक प्रभावित बनेका छन् । यद्यपि यस रोगबारे जनचेतना वृद्धिका साथै खोपको व्यापक प्रयोगले लुम्बिनीमा लम्पी स्किनको सङ्क्रमण तुलनात्मकरूपमा घटेको सरकारी अधिकारीहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट कूल एक लाख ८० हजार नौ सय ७८ वटा पशु सङ्क्रमित भएको लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले तथ्याङ्क उपलब्ध गराएको छ । लुम्बिनीमा सबैभन्दा बढी बाँकेमा ४० हजार आठ सय एक पशुमा यो रोगको सङ्क्रमण देखिएको निर्देशनालयका निमित्त निर्देशक परवेज आलमले जानकारी दिनुभयो । सबैभन्दा कम नवलपरासीमा चार सय ९७ पशुमा रोगको सङ्क्रमण देखिएको छ । प्यूठानमा ३४ हजार सात सय १५, रोल्पामा ३० हजार नौ सय ३२, दाङमा २८ हजार सात सय ८४, रुकुममा १२ हजार तीन सय चार, कपिलवस्तुमा आठ हजार एक सय तीनवटा पशुमा लम्पी स्किन सङ्क्रमण देखिएको छ ।

यस्तै अर्घाखाँचीमा सात हजार ९१, रूपन्देहीमा छ हजार आठ सय ८७, पाल्पामा छ हजार पाँच सय ७९, गुल्मीमा तीन हजार चार सय ५८ र बर्दियामा आठ सय २७ वटामा रोगको सङ्क्रमण रहेको आलमले बताउनुभयो । लुम्बिनीमा लम्पी स्किन रोगबाट सबैभन्दा बढी पशु मृत्यु हुनेमा रोल्पा रहेको छ । रोल्पामा दुई हजार ५४ वटा पशुको मृत्यु भएको छ । सबैभन्दा कम नवलपरासीमा २३ वटा पशुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई अभियानका रूपमा सञ्चालन गरिरहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख आलमले बताउनुभयो । उहाँले निर्देशनालय आफँैले र स्थानीय तहहरूको समन्वयमा सबै जिल्लामा खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । “यसका लागि हामीले प्रदेशमा छ सय ३८ जना प्राविधिकहरू परिचालन गरेका छौँ”, आलमले भन्नुभयो, “खोप खरिद र औषधि उपचारका लागि भनेर अहिले रु दुई करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर माग गरेका छौँ ।”

निर्देशनालय र स्थानीय तह गरी प्रदेशमा अहिलेसम्म ४४ हजार दुई सय ५० पशुलाई खोप लगाइएको आलमले जानकारी दिनुभयो । यसैगरी कार्यालयबाट र स्थानीय तह गरी एक लाख नौ हजार नौ सय पशुको रोगको उपचार गरिएको छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई यहाँका स्थानीय तहहरूले पनि अभियानका रूपमा अगाडि बढाएका छन् । किसानलाई मर्का पर्न नदिन एवं चौपायाको संरक्षणका लागि पालिकाहरूले नीति तथा कार्यक्रममार्फत नै बजेट छुट्याएर खोपको व्यवस्थापन गरेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिकालगायतले खोपको कामलाई तीव्र बनाएका छन् ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले चौपायाको संरक्षण गर्न सकेमात्र पनि किसानलाई ठूलो नोक्सानीबाट जोगाउन सकिने बताउनुभयो । “किसानको आर्थिक स्थिति बलियो भएन भने नेपालकै आर्थिक स्थिति राम्रो हुन सक्दैन भन्ने हामीलाई लागेर लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गरेका छौँ”, खाँणले भन्नुभयो, “अहिले गाईका लागि नि:शुल्करूपमा यो खोपको थालनी गरेका छौँ, यसले किसानका गाईलाई बचाउन सक्छौँ भन्ने हामीलाई विश्वास छ ।”

नेपालमा सबैभन्दा बढी गाईमा यो रोग देखिएको छ । यस्तै भैँसी, बाच्छा–बाच्छी, गोरु, पाडा–पाडीमा पनि यो रोग देखिएको छ । सुत्केरी अवस्थामा रहेका पशु, रोगी एवं बिरामी पशु र धेरै दूध दिने पशुहरूमा भएको सङ्क्रमणले ज्यान लिने गरेको छ । रोग लागेका पशुहरूको रोग प्रतिरोधी क्षमता कम हुने हँुदा ज्यानै नगए पनि उनीहरू बाँझो हुने सम्भावना रहेको पशु चिकित्सकहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा पाँच हजार छ सय ७६ वटा भैँसीमा पनि लम्पी स्किनको सङ्क्रमण देखिएको छ । यसबाट ६३ वटा भँैसीको मृत्यु भएको छ भने ४३ हजार पाँच सय ५३ वटाको उपचार गरिएको छ । यस्तै, एक हजार तीन सय ३२ वटा भँैसीलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ ।

रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने यो रोगको सङ्क्रमण लागेका पशुहरूलाई उच्च ज्वरो आउने, नलीका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरू आउने हुन्छ । यस्तो खटिराहरू नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरू बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ । यस्तो सङ्क्रमणका कारण दूध उत्पादन घट्ने र सङ्क्रमित पशुको मृत्यु नै हुने गरेको छ । रासस