२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जारको पानी व्यवसायमा गम्भीर लापरबाही भेटियो: मेयर साह



अ+ अ-

काठमाडौंं । काठमाडौंं महानगरपालीकाका प्रमुख बालेन साहले जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाएको जनाउनु भएको छ ।

मेयर साहले सामाजिक संञ्जालमा एक स्टाटस राख्दै जारको पानी परीक्षणका लागि प्रयोगशालामा पठाएको र यसबाट प्राप्त नतिजाका आधारमा पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुने जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

बर्खा याममा पानीजन्य रोग लागेर बिरामी हुने व्यक्तिको संख्या उल्लेख्य हुने गरेको छ । वितरण प्रणालीबाट आएको पानीमा भन्दा जारको पानीमा विश्वास गरेर सहरबासीले जारको पानी किनेर पिउने तथा दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका छन् । शुद्धताका लागि पैसा तिरेर किनेको पानीको जारमा लेवल नहुनु, उत्पादन मिति उल्लेख नहुनु, जार फोहोर र कुच्चिएको हुनु यसभित्रको पानीको गुणस्तरमा शंका गर्नुपर्ने भएको छ । यो पानी घरघरमा होटल तथा रेस्टुरेन्टमा सिधै प्रयोग गर्ने गरिएको छ । पिउन तथा काँचै खाइने तरकारी तथा फलफूल पखाल्न प्रयोग हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आज गरेको अनुगमनका क्रममा जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाएको छ । यसको गुणस्तर परीक्षणपछि यसको स्तरका विषयमा भन्न प्रयोगसिद्ध आधार हुने भएकोले परीक्षणका लागि प्रयोगशालामा पठाएका छौँ । यसबाट प्राप्त नतिजाका आधारमा जारको पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुनेछ ।

यस बेला उपभोक्तालाई पानीको शुद्धता यकिन गरेर मात्र जारको पानी खरिद गर्न, जार किन्दा उत्पादक, जारको सिलजस्ता गुणस्तर मापन गरिने पक्ष हेरेर मात्र खरिद गर्नु हुन अनुरोध गर्दछु । स्वास्थ्य रहन पिइने पानी रोगको कारण नबनोस् ।