४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

१० रुपैयाँमा पनि नबिकेको गोलभेँडा एकाएक किन मंहगो भयो ?

१० रुपैयाँमा पनि नबिकेको गोलभेँडा एकाएक किन मंहगो भयो ?
अ+ अ-

काठमाडौँ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।

एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए । उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए । व्यावसायिहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताउनु भयो । उहाँले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताउनु भयो । उहाँले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको बताउनु भयो । उहाँले एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताउनु भयो ।

उहाँले नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताउनु भयो । उहाँले भारत नभएको भए ५० रुपैयाँ किलो भन्दा माथि जाने अवस्था नभएको बताउनु भयो। उहाँले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको बताउनु भयो । उहाँले भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेडा गइरहेको बताउनु भयो । अहिले नेपाली बजारमा गोलभेडा किलो १४० रुपैयाँ रहेको बताउनु भयो । उहाँले गोलभेडाको मूल्य एक महिनामा किलामो १० रुपैयाँ बढेको छ ।

उहाँले भन्नुभयो,‘तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन हो । अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भनेको अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारण पनि हो । समयमा पानी नपर्नु तथा पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण टमाटरको मूल्य यस्तो हुन गएको हो । एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल भयो । त्यो बेला भारतमा गएको थिएन । तर अहिले नेपाली उत्पादन गोलभेडाँ करिब ७० प्रतिशत भारतमा गइरहेको अवस्था हो । त्यसकारण मूल्य वृद्धि भएको हो । भारत नभएको भए ५० रुपैयाँ किलो भन्दा माथि नजानु पर्ने हो ।’

‘अघिल्लो वर्ष यही समयमा प्रति क्रेड २००० सम्म थियो । सडकमा गोलभेडा फाल्नु पर्ने भएकाले किसानहरुले उपचार नगरी हेल्चेक्राई गरे । औषधी उपचार नगर्नाले उत्पादनमा कमी भयो । भारतमा गोलभेडा गइरहेको कारण नेपाली बजारमा १४० रुपैयाँ किलोसम्म भएको छ । अहिले टनेला भन्दा बाहिरको गोलभेडा २ हजार ५०० छ भने टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड मूल्य छ । भारतमा पनि टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड गइरहेको छ । तर यता बन्दाको मूल्य भने पौष देखि प्रतिकेजी १० रुपैयाँ भन्दा माथि गएको छैन । किसानले किलो२ रुपैयाँ पनि पाएको छैनन् । गत वर्ष यो समयमा ७५ रुपैयाँ किलो थियो ।’

गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताउनु भयो । उहाँले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताउनु भयो। उहाँले १० रुपैयाँ केजीसम्म झरेको गोलभेडाको मूल्य किसानहरुले सडकमा फालेको बताउनु भयभो।

उहाँले गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु पर्ने भएकाले किसानले औषधी उपचार नगर्दा उत्पादन कम भएकाले बजारमा कमी भएको बताउनु बताउनु भयो। उहाँले गोलभेडा बाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य वृद्धि नभएको बताउनु भयो। उहाँले बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको छ । महँगो भनेको गोलभेडा मात्रै हो । गोलभेडाँ पनि १० रुपैयाँ केजीसम्म आएर किसानहरुले सडकमा फाल्न बाध्य भए । सडकमा फाल्नु पर्ने भएकाले किसानले औषधी उपचार गरेनन् । रोग लाग्नले उत्पादन कम भएकाले बजारमा कमी भएकाले महँगो भएको छ । काउली ३५ रुपैयाँ छ । अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य कमी आएको छ । बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँछन् ।’

तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताउनु भयो । उहाँले नेपाली उत्पादन गोलभेडा यो वर्ष नै सडकमा फाल्ने देखि १४० रुपैयाँसम्म मुल्य पुगेको बताउनु भयो । उहाँले कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको बताउनु भयो । उहाँले कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताउनु भयो। उहाँले सरकारले कृषि क्षेत्रलाई बेवास्था गर्दा पनि समस्या आउने गरेको बताउनु भयो। उहाँले किसानले घर धितो राखेर कृषि गरे पनि कतिबेला के उत्पादन गर्ने भनेर ज्ञान नहुँदा उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा निराश बन्नु पर्ने अवस्था रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘गोलभेडाको मूल्य यो वर्षको जस्तो ३० वर्ष अघि देखि कहिल्यै पनि भएको थिएन । गोलभेडा यो वर्र्ष नै यति धेरै सस्तो भयो भने किसानले मूल्य नपाएर फाल्नु पर्ने अवस्था भयो । अहिले आएर यति धेरै महँगो भएको छ । कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म बेचेको अवस्था छ । कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि हो । सरकारले कृषिलाई व्यवास्था गरेर हो की जस्तो लाग्छ । किसानले घर धितो राखेर कृषि गरे पनि कतिबेला के उत्पादन गर्ने भनेर ज्ञान छैन। उनीहरुले उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा किसानहरु हत्योसाहित भएको अवस्था छ ।’

कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।