२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टि२० क्यानडा: फाइनलमा दीपेन्द्रको टाइगर्स र सन्दीपको सर्रे भिड्ने



Sherfane Rutherford of Montreal Tigers celebrates with teammates after hitting the winning run during Qualifier 2 of GT20 season 3 played between Vancouver Knights and Montreal Tigers held at the CAA centre in Brampton, on 5th August 2023. Pal Pillai/Focus Sports/ GT20
अ+ अ-

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा स्थान बनाएको छ । शनिबार भएको सेमिफाईनल खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जित हात पार्दै टाइगर्स फाइनलमा पुगेको हो ।

यता, नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स पनि पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा पुगेको थियो । यससँगै आज आइतबार उपाधिको लागि दीपेन्द्रको टिम मोन्टरिएल टाइगर्स र सन्दीपको सर्रे भिड्नेछन् ।

भ्यानकुभेर नाइट्सले जितको लागि दिएको १ सय ३८ रनको मध्यम विजयी लक्ष्य टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँदा टाइगर्सका शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए ।

रदरफोर्ड ४८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २८ बलमा २ चौकासहित २५ रनमा आउट भए ।

एक समय ४.५ ओभरमा २९–४ को दयनीय अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्र र रदरफोर्डले ४३ रनको महत्वपूर्ण साझेदारी गर्दै खेललाई मजबुत बनाएका थिए। यस्तै, आयन खान १८, आन्द्रे रसेल १७ र मोहम्मद वासिम १३ रनमा आउट भए ।

बलिङ तर्फ नाइट्सका जुनैद सिद्दिकले सर्वाधिक ४ विकेट लिए । फबिएन एलेन र कब्रिन बोसले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । नाइट्सको लागि ओपनर मोहम्मद रिजवान ३९ रन, कब्रिन बोसले ३६ र हर्ष ठाकेरले २६ रन बनाए ।

टाइगर्सका अब्बास अफिदीले ह्याट्रिकसहित २९ रन खर्चेर ५ विकेट लिएका थिए ।