४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनमत पार्टीको केन्द्रिय समिति बैठक: सरकारमा सहभागी हुने मुख्य एजेण्डा

जनमत पार्टीको केन्द्रिय समिति बैठक: सरकारमा सहभागी हुने मुख्य एजेण्डा
अ+ अ-

काठमाडौँ । जनमत पार्टीको केन्द्रिय समिति बैठक काठमाडौंमा बसेको छ ।

बिहीवार काठमाडौंमा केन्द्रिय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।

बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि  कुरा गर्दै पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताउनु भयो । उहाँले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मुल एजेण्डा भनेको संगठन सुदृढीकरण,अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनित गर्नुपर्ने नामहरु मनोनित गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागीताको विषयमा पनि छलफल हुनेछ ।’

अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताउनु भयो ।