४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

१० टाउके हुँदा पनि देश चलाउन सकेनन्, संसद चल्न दिएनन् – ओली

१० टाउके हुँदा पनि देश चलाउन सकेनन्, संसद चल्न दिएनन् – ओली
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाउनुभएको छ ।

पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकिर थियो । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई संचालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गर्नुभयो ।

उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमती गरेर पनि केपी ओलीले सो सहमती बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताउनु भयो । अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी बाहेक अब अरुले देश चलाउनै सक्दैन । सकेन । १० टाउँके हुँदा पनि चलाउन सकेनन नि । त्यत्रो कोभिड हुँदा पनि हामीले देशलाई तहसनहस हुन दिएनौं । छानबिन समिति बनाउन किन मान्दैन सरकार । हामी छानबिन समिति बनाउँदैछौं, छानबिन गर्दै हुनुहुन्छ । तर उहाँहरु आफैँ मुछिनु भएको छ । त्यो सिगरेट के जातिमा ल्याएको साँढे नौं किलो सुन जफत गरेर राखिएको थियो । सुन्छु अहिले–त्यो गोदामबाटै हरायो रे । चोरी भयो । अलिक वर्ष अगाडि टर्ली बसेको कार्यालयबाट १३ टन तामाको तार चोरिएको थियो । कत्रो कोट लगाएको आएको थियो होला, त्यत्रो १३ टन तार खोजीमा हालेर चोर्‍यो होला । सरकार नलागि चोरियो होला त्यो । त्यो १३ टन तामाको तार चोरी भएको थियो । टर्ली बस त्यसैगरी सिद्धिएको थियो ।’

‘अब भन्सार किन राख्या त्यहाँ भन्या । खाली जनतालाई दु:ख दिन राख्या ? त्यसो भएर त्यो साँढे नौ किलो सुन सुन्दैछु –चोरी भयो रे । नक्कली बजारको इलेक्ट्रिक चुरोट त्यो ल्याएर त्यस ठाउँमा राखिएको छ । केही पनि भेटिँदैन । किनभने सक्कली चोरी भयो, नक्कली त्यहाँ राखिएको छ । अव प्रधानमन्त्रीजी भन्नु हुन्छ– म छानबिन गरिराखेको छु, गर्न दिनुस् न । हामीलाई छानबिन गर्न किन नदिने ? गर्नुस्न तपाईहरु छानबिन । तर तपाईहरुको छानबिन, तपाईहरुको सरकार सञ्चालन भरपर्दो भएन । तपाईहरुले भन्सार नियन्त्रण पनि गर्नसक्नु भएन, छेक्न पनि सक्नुभएन । त्यहाँ चोरीपैठारी हुँदा त्यत्रो सुन आउँदा तपाईहरुले देख्नुभएन । अनि तपाईहरुबाट के आशा गर्नु ? तपाईहरुलाई छानबिनबाट रोक्न खोजको होइन, गर्नुस् । अर्को निष्पक्ष त्यस्तो आयोग बनाऊ । जसले छानबिन गरोस् ।’

‘उहाँहरु संसदमा आवाज उठछ भनेर अस्तीका दिन संसद चल्न दिनुभएन । किनभने सांसद बोल्छन भनेर । हामीले संसद चलाऊ भनेका छौं । सांसदहरु बोल्नु हुन्छ । आवाजहरु उठाउनु हुन्छ । जनताको भनाई भन्नुहुन्छ । सांसदले बोल्न पाउनुपर्‍यो । सरकार सांसदलाई बोल्न दिँदैन । सभामुखलाई दवाव दिन्छ कि तपाईँले सूचना टाँसेर संसद रोक्नुस् भनेर । हिजो हामीले बोल्न दिनुपर्छ उहाँहरुले बोल्न दिन चाहनु भएन । एक जना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाँहिदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँडछ । उसले भाषण गर्ने रे । अनि, सांसदहरुले बोल्न नपाउने रे । सांसदले प्रश्न गर्न पाउनु परेन ? सांसदले बोल्न पाउनु परेन । सांसद बोल्छन भनेर सरकार संसद चल्न दिँदैन ।’

‘अनि बालुवाटारमा भएको सहमति अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आउँदा केपी ओलीले छोडिदियो भन्ने हल्ला चलाउँछन् । गृहमन्त्रीले भाषणा गरेपछि चलाउन दिन्छु भनेको थियो । गृहमन्त्रीको भाषण, त्यो पवित्र भाषण, त्यो मन्त्र, उनको त्यो कुरा सुनौं, त्यति भएपछि सुनसुन जेसुकै होस् । सदन चलाउनुस्, गरिखानुस् भनेर आएको थिँए म ? यस्ता कुरा गर्ने ? गृहमन्त्रीलाई भाषण गर्न दिनुस् । भाषण गराईदिएपछि हामी चित्त बुझाउँछौं, सदन चलाउँछौं भनेर भनेको थियो केपी ओलीले भन्छन् । अचम्म लाग्छ ।’

अध्यक्ष ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताउनु भयो । त्यस अवसरमा उहाँले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने बताउनु भएको थियो ।