२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ड्रीम गर्ल २’ को ट्रेलर रिलिज, दोहोरो भूमिकामा देखिए आयुष्मान



अ+ अ-

एजेन्सी । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म ‘ड्रीम गर्ल २’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा आयुष्मान खुराना दोहोरो भूमिकामा देखिनेछन् ।

फिल्ममा आयुष्मान पूजाका अलावा पुरुषको भूमिकामा पनि देखिँदैछन् । यो कमेडी ड्रामा फिल्म आगामी अगस्ट २५ मा हलमा रिलिज हुँदैछ । फिल्मका निर्देशक राज शाण्डिल्य हुन् ।

ड्रीम गर्ल २०१९ को फिल्म ‘ड्रीम गर्ल’को सिक्वेल हो । फिल्ममा आयुष्मान खुराना, अनन्या पाण्डे, अन्नु कपूर, परेश रावल, असरानी, ​​मनजोत सिंह, विजय राज र राजपाल यादव पनि देखिनेछन् ।