७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्छ: कार्यकारी निर्देशक घिसिङ

विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्छ: कार्यकारी निर्देशक घिसिङ
अ+ अ-

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताउनुभएको छ ।
मंगलवार न्युज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।

उहाँले विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिवद्धता गर्नुभयो। कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत अभाव हुने मान्छेहरुलाई चिन्ता लागे पनि विद्युतीय सवारी साधनका लागि विद्युत अभाव नहुने बताउनु भयो।

उहाँले प्राधिकरणले अहिले विद्युत निर्यात गरिरहेको भन्दै विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरा गर्न नमिल्ने बताउनु भयो । उहाँले प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने नीति लिएको भन्दै निर्यात कम गर्नसक्ने बताउनु भयो। उहाँले विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्ने भन्दै हेरक वर्ष प्राधिकरणले १ हजार मेगावाट विद्युत थप गरिरहेको समेत बताउनु भयो। उहाँले विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको बताउनु भयो। उहाँले भारतबाट विद्युत आयात गर्दा ४ रुपैयाँमा आयात गर्ने बताउनु भयो । उहाँले अब गाउँ–गाउँमा समेत विद्युतीय इन्डक्शन चुलो बाल्नुपर्ने बताउनु भयो। उहाँले गाउँघरमा दाउराको विकल्प भएकाले इन्डक्शन चुलो २४ सै घण्टा विद्युत मात्रै बाल्छु भन्न नहुने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ गाउँ गाउँमा इन्डक्शन चुलो बालौं । एकछिन विद्युत जाँदैमा दाउरा बाल्यौं । इन्डक्शन चुलो २४ सै घण्टा विद्युत भयो भने मात्रै बाल्छु भनेर मात्रै हुँदैन । विकल्प हामीसँग छ । कुनै समय विद्युतमा समस्या हुँदा विकल्प छ भन्ने हिसावले अघि बढ्नुपर्छ । विद्युतीय सवारी साधनमा समस्या देखिँदैन । रातभर,दिनभर र २४ सै घण्टा चार्ज गर्दा पनि भयो । त्यसमा समस्या गर्दैन । विद्युतीय सवारी साधन बढ्दै छ । विद्युत पुग्छ की पुग्दैन भन्ने मान्छेहरुलाई चिन्ता छ । धेरै विद्युतीय सावरी साधन आउँदा लोडसेडिङ भयो भने के गर्ने ? विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने कुरा नगरौं । प्राधिकरणले निर्यात गरिरहेको छ । बरु निर्यात कम गरौंला । प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने भनेका छौं । विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्छ । हेरक वर्ष प्राधिकरणले १,००० मेगावाट विद्युत पथ गरिरहेका छौं । विद्युतीय गाडीको लागि यदि कुनै महिना पुगेन भने विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा छ । भारतबाट विद्युत आयात गर्दा ४ रुपैयाँमा आयात गर्छु । त्यही पेट्रोलियम पदार्थ आयात गर्दा १५ रुपैयाँ पर्छ । विद्युत अभाव हुन्छ भन्ने कुरामा डराउन भएन । विद्युतको १०० प्रतिशत ग्यारेन्टी गर्नसक्छौं । चाजिङ स्टेशनको संरचना बढाउनु पर्छ । सरकारले विद्युतीय सवारी सप्लाई कम्पनीले पनि २० प्रतिशत चार्जिङ स्टेशनका राख्नुपर्छ भन्ने नीति लिनुपर्छ ।’

उहाँले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेशनहरु राखेको भन्दै ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेको बताउनु भयो। उहाँले सुर्खेत,मुल्कोट,काठमाडौंको चार पाँच ठाउँमा चार्जिङ स्टेशन रहेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणको कम्पाउण्ड भित्र रहेको चार्जिङ स्टेशन २४ घण्टामा २४ घण्टा लाइन लाग्ने गरेको बताउनु भयो। उहाँले प्राधिकरण थप १३ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा रहेको बताउनु भयो। उहाँले प्राधिकरणले बनाएका चार्जिङ स्टेशनले मात्रै नपुग्ने भन्दै अन्य धेरै ठाउँमा चार्जिङ स्टेशन आवश्यक रहेको बताउनु भयो। उहाँले प्राधिकरणले सार्वजनिक चार्जिङ स्टेशनको लागि विशेष व्यवस्था गरेको बताउनु भयो। उहाँले विनियम संशोधन गरेर २०० सम्मको ट्रान्सफर्मर प्राधिकरणले राखिदिने व्यवस्था समेत गरेको बताउनु भयो। उहाँले विद्युतीय गाडी जुनबेला बत्ति आउँछ त्यो बेला चार्ज गर्दा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चार्जिङ स्टेशनहरु राखेको छ । केही ठाउँमा समस्या भए पनि ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेका छन् । सुर्खेत,मुल्कोट,काठमाडौंको चार पाँच ठाउँमा छ । विद्युत प्राधिकरणको कम्पाउण्ड भित्र रहेको चाजिङ स्टेशन २४ घण्टामा २४ घण्टा लाइन हुन्छ । ट्याक्सी,माइक्रोहरुलाई खुला गरेका छौं । पेमेन्ट पनि अनलाइन छ । अर्को १३ वटा चार्जिङ स्टेशन थप गर्दैछौं । त्यसले मात्रै पुग्दैन धेरै ठाउँमा चार्जिङ स्टेशन आवश्यक छ । निजी क्षेत्र आउनुपर्छ भनेर प्रमोसनको हिसाबले गरौं । शुरुमा थोरै सवारी साधन चार्ज भएपछि महँगो पर्छ । धेरै सवारी साधन चार्ज गर्न थालेपछि रिटर्न आउँछ । प्राधिकरणले सार्वजनिक चार्जिङ स्टेशनको लागि विशेष व्यवस्था गरेका छौं । विनियम संशोधन गरेर २०० सम्मको ट्रान्फमर प्राधिकरणले राखिदिने भनेका छौं । लाइन पनि तानिदिन्छौं । त्यसमा लाग्ने लागत प्राधिकरणले व्यहोरेको छ । हामीसँग विकल्पहरु धेरै छन् । विद्युतीय गाडी जुनवेला बत्ति आउँछ त्यो बेला चार्ज गर्दा पनि हुन्छ ।

म १०० प्रतिशत विद्युत सप्लाई हुन्छ भनेर नेपालको अहिलको सिस्टममा भन्न सक्दिन । कसैले पनि भन्न सक्दैन । सहज रुपमा सबैलाई विद्युत सहज रुपमा पुर्‍याउनको लागि ठूलो लगानी आवश्यक छ र गर्दै पनि छौं । करिव ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउन सक्छौं । ठूलो लगानी ट्रान्समिसन,सवस्टेशनमा आवश्यक छ । विद्युत प्राधिकरणले नाफा मात्रै गर्‍यो भनिन्छ । नाफा नगरे विद्युतमा लगानी कस्ले गर्ने ? सबैलाई २४ घण्टा विद्युत दिनको लागि विद्युत उत्पादनले मात्रै पुग्दैन ।’

उहाँले शतप्रतिशत विद्युत सप्लाई हुन्छ भनेर नेपालको अहिलको सिस्टममा भन्न नसक्ने बताउनु भयो। उहाँले सहज रुपमा सबैलाई विद्युत पुर्‍याउनको लागि ठूलो लगानी आवश्यक रहेको बताउनु भयो। उहाँले करिव ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउने अवस्था आउने बताउनु भयो।