२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

ट्रकसहित तीन पक्राउ

ट्रकसहित तीन पक्राउ
अ अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालीका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् । 

ना२ख ९८६२ नंको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको राखिएको १७ वटा पोकामा राखिएको करीब एक क्विन्टल लागुऔषध गाँजा सोमबार प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा पक्राउ परेका ट्रक चालक ठाडामगरलाई गरिएको अनुसन्धानपश्चात् सो कारोबारमा संलग्न अन्य दुईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  । विशेष सूचनाका आधारमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटार तर्फबाट हेटौँडातर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरिएको थियो  । 

    दैनिक एक सय सिलिण्डर 

मकवानपुर जिल्लामा कोभिड– १९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक एक सय सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ । कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पु¥याउने उद्देश्यले सो अभियान  चलाएको उपमहानगरपालिकाले जनाएको  छ  । जसअन्तर्गत आज पहिलो दिन  एक सय सिलिण्डर अक्सिजन ल्याउन उपमहानगरपालिकाले आज आफ्नो दुईवटा टिप्पर नुवाकोट र इटहरी पठाएको छ । ती टिप्परहरूले आज रातिसम्म अक्सिजन भरेर ल्याइसक्ने उपमहानगरपालिकाले जनाएको छ ।

अक्सिजनकै अभावमा बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने मान्यताका साथ आफूहरूले काम अघि बढाएको हेटौँडा उपमहानगरपालिकाले जानकारी दिएको छ । पछिल्लो समय हेटौँडा उपमहानगरपालिकामा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको र अक्सिजन चाहिने सङ्क्रमित बढेका कारण स्थानीय सरकारले पहलकदमी बढाएको हो ।

मकवानपुरको  बकैया गाउँपालिकामा आज एक  पुरुष कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको  छ  । बकैया गाउँपालिकामा मा पहिलोपटक कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा बकैया गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको हेटौँडा अस्पतालको कोभिड कक्षमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको  छ । बकैयामा हाल १२ जना सक्रिय सङ्क्रमित रहेका र सबैको अवस्था सामान्य रहेको गाउँपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै मकवानपुर जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।