काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या मध्य आधाभन्दा बढी वृद्धवृद्धा रहेका छन् । गत सोमबारसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको हो।
हालसम्म कोरोनाका कारण मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथिको उमेर समुहका वृद्धवृद्धा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम ९ वर्ष मुनि उमेर समुहका बालबालिका रहेका छन्।
तत्थ्यांक अनुसार अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकामध्ये ६० वर्षभन्दा माथि उमेर समुहका २ हजार ९०९, ५० देखि ५९ वर्ष उमेर समुहका ९ सय ५५, ४० देखि ४९ उमेर समुहका ७१९ र ३० देखि ३९ वर्ष उमेर समुहका ४ सय २९ जनको मृत्यु भएको छ।
यस्तै २० देखि २९ वर्ष उमेर समुहका १ सय ४५, १० देखि १९ वर्ष उमेर समुहका २९ र ९ वर्षभन्दा मुनिको उमेर समुहका २९ गरि कुल ५ हजार २१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।











