२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

निषेधाज्ञामा पनि विकासे कामको निरन्तरता

निषेधाज्ञामा पनि विकासे कामको निरन्तरता
अ अ+ अ-

धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिएपछि कैलालीमा निषेधाज्ञा जारी छ तर निषेधाज्ञाकै बीचमा कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको पालिकाको निकै महत्वका साथ हेरिएको रिङरोडको कालोपत्र गर्ने कार्य भने जारी छ ।

करीब १७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो चरणअन्तर्गत ३.५६ किलोमिटर सडक कालोपत्र गर्ने काम भुखाली चोकबाट शुरु भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बाबजुद पहिलो चरणमा ३।५६ मिटरको सडक कालोपत्र गर्ने कार्य शुरु भएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष मनराज शाहीले जानकारी दिनुभयो ।

पछिल्लो समय तीव्र रूपमा फैलिँदो कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्किरहे पनि निर्माण कम्पनीलाई ताकेता गरेर वडाको महत्वपूर्ण योजनाको कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीले बताउनुभयो । 

नगरपालिकाले पहिलो चरणको ३.५६ किलोमिटर सडक निर्माणका लागि रेखा जेबी निर्माण सेवा लम्कीसँग रु एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्का सम्झौता गरी काम शुरु भएको एक वर्षभित्रमा तीन किलोमिटर ५६ दशमलव मिटरको सडक कालोपत्र भइसक्ने सम्झौताअनुसारै काम अघि बढिरहेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । 

दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण कैलालीमा एक महिनामा मृत्यु हुनेको सङ्ख्या २०० बढी छ तर पनि महामारीका बीचमा किन कामलाई निरन्तरता दिइरहनुभएको भनेर आफूहरूलाई धेरै ठाउँबाट प्रश्न आउने गरेको अध्यक्ष शाहीले बताउनुभयो । महामारीबाट जनतालाई कसरी जोगाउने भन्नेमा त हामी लागिरहेकै छौँ तर विकासे योजनालाई पनि समयमै सक्नु आफूहरूको कर्तव्य भएको हुनाले यस्तो महामारीमा पनि कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीको भनाइ छ । 

हामी अहिले कोरोना रोकथाममा पनि सक्रियतापूर्वक लागिरहेका छौँ । भारतबाट आउनुभएका जनताको तथ्याङ्क राखेर उहाँहरूको स्वास्थ्य अवस्था हेरी आवश्यक परेकाहरूको परीक्षण गराई होम आइसोलेशन र होम क्वारेन्टिन रहन सुझाव दिने गरी जनप्रतिनिधि टोलटोलमा खटिएका छाँै तर यता जनता बचाउने र विकास गर्ने दुवै कामलाई सँगसँगै अघि बढाउने गरी काम गर्नुपर्ने भएको हुँदा विकासे काम रोक्न नसकिएको अध्यक्ष शाहीले बताउनुभयो । 

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पीपलडाँडा, पूर्वी पेट्रोल पम्प, बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौकसम्म करीब १७ किलोमिटरको रिङरोडको निर्माण अवधि ३ वर्षको रहेको छ ।