२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम सरकार विस्तारबारे बालुवाटारमा निर्णायक बैठक बस्दै



अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे आज सत्ता गठबन्धनको शीर्ष नेताहरू बिच निर्णायक छलफल हुन लागेको छ । बिहान ९ बजेबाट बालुवाटारमा शीर्ष नेताहरू बिचको छलफलले प्रदेश सरकार बिस्तारमा टुङ्गो लगाउने अपेक्षा गरिएको छ ।

अहिले सुदूरपश्चिम सरकारमा दुईवटा मन्त्रालय मन्त्री विहीन छ । मन्त्री विहीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एकै दिन मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कमल बहादुर शाहको तयारी छ । तर, दलहरू बिच ठोस सहमति हुन नसक्दा सरकार विस्तार अड्किएको छ।

नागरिक उन्मुक्तिले २ मन्त्री र १ राज्य मन्त्रीको दाबी गरेको छ । भागबन्डामा कुरा नमिलेसम्म तत्काल सरकारमा सहभागी नहुने नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले यसअघि नै बताईसकेकी छन् ।

हिजो भएको माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमाआज बिहान ९ बजे शीर्ष नेताहरू बिच छलफल गरेर निकास दिने सहमति भएको थियो।