काठमाडौं । नेपालको विभिन्न स्थानमा हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको छ । अरब सागरमा बनिरहेको 'ताउ-ते' आँधी बृद्धिको कारण मौसममा फेरबदल आउने भएको हो ।
प्रदेश १, २, गण्डकी, लुम्बिनीलगायतको स्थानमा भारी वर्षा हुँने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । हावाको प्रभावका कारण मेर्घाजन र चट्याङसँगै हिमाली भागमा हिमपात हुने सम्भावना पनि रहेको छ ।
बुधबार देखि शुक्रबारसम्म 'ताउ-तेु' आँधीको असर रहने मौसमविद् प्रतिभा मानन्धरले बताउनु भएको छ । यस कारण आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सम्पूर्णमा अनुरोध गरेको छ।











