२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरमा माओवादीको विधान सम्मेलन, चैतसम्ममा विशेष महाधिवेशन गर्ने



अ+ अ-

काठमाडौं । आगामी मंसिर महिनामा नेकपा (माओवादी केन्द्र) ले विधान सम्मेलन गर्ने निर्णय भएको छ। पार्टी सचिव दीनानाथ शर्माका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको हो।

मंसिरभित्र विधान सम्मेलन गर्नका लागि एजेण्डाबारे केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताइएको छ । बैठकमा आगामी चैतसम्ममा विधान महाधिवेशन गर्नेबारे पनि छलफल भएको छ। मिति केन्द्रीय समितिले नै टुंग्याउँछ।

माओवादी विधि र विधान अनुसार नचलेको गुनासो बढ्दै गएको छ । त्यसैले पार्टीले विधान सम्मेलनदेखि विशेष महाधिवेशनसम्म गर्न लागेको हो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने माओवादीको तयारी छ।




भर्खरै