२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय कार्यालय भवन भत्काउने महानगरको तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने भएको छ ।

महानगरले भवन खाली गराउन दिएको समयसकिँदा पनि भवन खाली नगराइएको हुँदा सोमबार भत्काउन लागिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । ‘आज सबैलाई उक्त स्थानमा १० बजे भेला हुन बोलाइएको छ । सम्भवत: आज भत्काइन्छ होला’, उनले भने ।

महानगरले शुक्रबार माइकिङ गर्दै राप्रपाको केन्द्रीय कार्यालय खाली गराउन तीन दिनको समय दिएको थियो । कार्यालय नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले भत्काउन लागिएको बताईएको छ ।