४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर शाहको आग्रह

लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर शाहको आग्रह
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् । यस रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उनले पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गरेका हुन् ।

महामारी रोग नियन्त्रणका लागि कामपाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनेतर्फ प्रयत्न गर्न महामारी रोगप्रति सचेत रहन, कामपाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न पनि प्रमुख शाहले अपिल गरेका छन् ।

नगरवासीलाई डेङ्गु रोग लाग्नबाट बचाउन कामपाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा वडास्तरमा दुई सय ६९ वटा सचेतनामूलक र्याली निकालिएको छ । हरेक बुधबार बिहान ८ः०० देखि ९ः०० बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान भइरहेको पनि उहाँले जानकारी गराउनुभयो । यसका लागि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारी यस अभियानमा खटिने गरेका छन् ।

यस रोग नियन्त्रणकै लागि कामपाले सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीबीचमा डेङ्गु रोगसम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावकसम्म सङ्क्रमणका बारेमा चेतना पुर्याउने कामसमेत गरेको छ ।

वर्षायाममा साउन, भदौ, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमणदर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा कामपाले डेङ्गु रोगको बारेमा आवश्यक परामर्श दिनका लागि कामपाले टेलिफोनमार्फत रोगका लक्षण, उपचार, सावधानी दिनका लागि हटलाइन ११८० चौबीसै घन्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि कामपाले आग्रह गरेको छ ।

सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा ज्वरो आउने, वाकवाकी लाग्ने, कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्नेजस्ता लक्षण देखिन्छन् ।