२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किलोको चार रुपैयाँमा पनि नबिकेको गोलभेंडा ७० पुग्यो



चार रुपैयाँ किलोमा पनि नबिकेपछि सडकमा फ्यालिएका गोलभेंडा
अ+ अ-

काठमाडौं । एक महिना अगाडिसम्म चार रुपैयाँ किलोको भाउ पनि नपाएको गोलभेंडा अहिले ९ गुणाले बढेको छ । गत असार ३ गते चार रुपैयाँ प्रतिकिलो पनि नबिकेपछि कालीमाटी तरकारी बजार र मूल सडकमा किसान र व्यापारीले गोलभेंडा फ्याँकेर बिरोध गरेका थिए । त्यतिबेला कालीमाटी तरकारी बजारमा थोक गोलभेडाको मूल्य न्यूनतम ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ थियो।

त्यतिबेला मूल्य नपाएर ५ हजार क्रेट अर्थात १२ टन बाटोमा फालिएको गोलभेडा यतिबेला थोक मूल्यमा ७० रुपैयाँदेखि ११० रुपैयाँसम्म पर्न थालेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १० गते सार्वजनिक गरेको तथ्यांकअनुसार ठूलो नेपाली गोलभेंडा प्रतिकिलो अधिकतम १ सय १० रुपैयाँ छ। गत असार पहिलो सातामा उक्त गोलभेंडाको मूल्य औसत ३३ रुपैयाँ थियो।

यस्तै, प्रतिकिलो औसत ८ रुपैयाँ रहेको टनेलको सानो गोलभेडा अहिले औसत ६३.४० रुपैयाँ पुगेको छ। खुद्रा पसलमा अझै यस भन्दा महँगो रहेको छ।

अघिल्लो महिना गोलभेंडाको आपूर्ति उच्च रहेकाले मूल्य नपाएको र अहिले आपूर्ति घटेकाले मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनले भने, ‘त्यो बेला सबैको टनेलबाट एकैचोटी बजारमा आए, त्यतिबेला आपूर्ति अनुसार माग भएन । स्थानीय उत्पादनले माग धान्न नसक्दा गोलभेंडाको मूल्य अत्यधिक बढेको हो।’

समितिको तथ्यांकअनुसार असारमा अत्याधिक मात्रामा भित्रिएको सानो गोलभेंडा अहिले आधाले घटेको छ। गत असार २ गते कालीमाटीमा ९५ हजार ५५० केजी गोलभेंडा भित्रिएको गोलभेंडा साउन ९ गते साढे ५८ हजार मात्रै भित्रिएको छ ।

अहिले काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट मात्रै गोलभेंडा भित्रिएकोले महंगो भएको सूचना अधिकारी श्रेष्ठले बताए ।