४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

सय किलो सुन तस्करी प्रकरणः अर्थ मन्त्रालय र विभागले बुझेनन् भन्सारको संवेदनशीलता

सय किलो सुन तस्करी प्रकरणः अर्थ मन्त्रालय र विभागले बुझेनन् भन्सारको संवेदनशीलता
फाईल फोटो
अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अन्यन्तै संवेदनशील निकायको रूपमा रहेको भए पनि सो निकाय डेढ महिनादेखि नेतृत्वविहीन राखिदा सुन तस्करी गर्ने गिरोहले सहज वातावरण पाएको देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल लामो समयदेखि विदामा बसेको अवस्थामा नै सय किलो सुन तस्करी भएको थियो । यसमा भन्सार विभाग र अर्थ मन्त्रालयले समेत भन्सार कार्यालयको संवेदनशीलतामाथि ध्यान दिन नसक्दा तस्करी गर्ने गिरोहलाई सहजता भएको स्रोतको दाबी छ ।

अर्थ मन्त्रालय, भन्सार विभाग र त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबीच नियमित समन्वय हुनपर्नेमा त्यस्तो पनि हुन नसकेको पाइएको छ ।’ अर्थ मन्त्रालयका एक पूर्वसचिवले नेपाल समाचारपत्रसँग भने– ‘भन्सार निकायहरू अन्त्यन्तै चुस्त दुरुस्त र ‘चेन अफ कमान्डमा राखिनुपर्छ, किनकि ती सबै निकाय निकै संवेदनशील निकाय हुन् ।’ ती पूर्व सचिवले सय किलो सुन तस्करीको विषयले भन्सारका सबै निकाय र अर्थ मन्त्रालयको शिर निहुरिने अवस्था आएको बताए । उनले यो विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र विमानस्थलको भन्सार कार्यालयको गम्भीर त्रुटि रहेको दाबी गरे । विमानस्थल भन्सार कार्यालयलाई लामो समयसम्म निमित्तको भरमा राख्न नहुने र त्यसो गर्दा तस्करको मनोबल बढ्न सक्ने ती सचिवको दाबी थियो ।

भन्सार कार्यालयका कर्मचारीले जाँचपास गरिसकेपछि तस्करी गरी ल्याइएको सय किलो सुन बाहिरिने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । स्रोतका अनुसार तस्करी गर्ने गिरोह र भन्सार एजेन्टले विमानस्थल भन्सार कार्यालयको नेतृत्व कमजोर रहेको र भन्सार विभाग तथा अर्थ मन्त्रालयले समेत कुनै चासो नदिएको पाइएपछि तस्करीको क्रम बढाएको देखिन्छ । २ महिनाको अवधिमा ब्रेक सुजस्ता सामानहरू २२ पटक भित्रिएको थियो ।

यस्तै, क्रममा साउन ३ गते भन्सारबाट बाहिरिने क्रममा तस्करीको १ सय किलो सुन बरामत भएको थियो । सो प्रकरणमा संलग्न मुख्य गिरोहको हालसम्म पहिचान हुन सकेको छैन । केही एजेन्ट र सुन भरियालाई मात्रै पक्राउ गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत अन्त्यतै चलायमान हुनपर्छ तर डेढ महिनासम्म सो कार्यालय नेतृत्वविहीन भएर निमित्तको भरमा सञ्चालन हुँदा पनि भन्सार विभाग र अर्थ मन्त्रालयको चासो नदिनुलाई शंकाको रूपमा हेर्न सकिने स्रोतको दाबी छ ।

अर्थ मन्त्रालयका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा यात्रु चेक र सामान चेक गर्ने गरी दुईवटा संरचनासहितको जनशक्ति रहेका छन् । जहाँ दुवै संरचनामा गरेर झण्डै १ सय ५० जना कर्मचारी रहेका छन् । स्रोतका अनुसार कार्यालयमा रहेका केही कर्मचारीलाई भन्सार एजेन्टहरूले प्रभावमा पार्ने गरेका छन् । भन्सार एजेन्टबाट प्रभावमा परेका कर्मचारी तथा भन्सार एजेन्ट आफैंले पनि माथिसम्म सेटिङ मिलाएर तस्करी गर्ने गरेका छन् । यस प्रकरणमा भन्सार कार्यालयमा धेरै समयसम्म बसेका कर्मचारीहरू र अन्यत्र गएर पटक पटक कार्यालयमा नै आएका कर्मचारीहरूको बढी मिलेमतो हुन सक्ने स्रोतको दाबी छ ।

भन्सार कार्यालयको सम्पूर्ण गतिविधि त्यहाँको नेतृत्व, भन्सार विभाग र अर्थ मन्त्रालयको नेतृत्वले समेत सीसीटिभीमार्फत् नियमित हेर्न सक्ने गरी अनुगमन प्रणालीको व्यवस्था गरिएको भए पनि भन्सार विभाग र अर्थ मन्त्रालयको नेतृत्वले सीसीटिभीमार्फत् नियमित निगरानी र अनुगमन गर्न नसक्दासमेत तस्करी हुने क्रम बढिरहेको र सय किलो सुन तस्करी भएको अधिकारीहरूको दाबी छ । नेपाल समाचारपत्र