४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैनः महामन्त्री थापा

पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैनः महामन्त्री थापा
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०÷३५ वर्षदेखि ४÷५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताउनु भयो । उहाँले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने बताउनु भयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताउनु भयो । महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०÷३५ वर्षदेखि ४÷५ जना नेतामात्रै म्युजिकल चियर खेलेको जस्तो आलोपालो गरेर नेतृत्व गरिरहेका छन् । त्यसैले पनि मानिसहरु रिसाएका छन् । त्यसैले पार्टी परिवर्तन गर्नुुपर्छ । यो कुनै व्यक्तिगत कुरा होइन, सभापतिज्यु मेरो पितातुल्य हुनुहुन्छ । तर म सार्वजनिक रुपमै भन्छु, नेपालको राजनीतिमा यो विषयले प्रवेश पाएन भने र यो व्यवस्था गरिएन भने के हुन्छ ? हाम्रो पार्टीको एउटा पद्धति छ । त्यो पद्धतिबाट पार्टी सत्तामा आउँछ । त्यो पार्टी सत्तामा हाम्रो पकड भएको कारणले गर्दा हामी त्यसको सत्तामा आउँछौँ । हामीले घुमिफिरी एक जना मात्रै नेतृत्वमा आउने प्रयास बदल्नुपर्छ ।

मेरो प्रयास जारी हुन्छ । त्यही भएर मैले नेपाली काँग्रेसको संसदीय दलको नेता बदल्ने प्रयास गरेँ । सकिनँ, परिणामलाई माने, मान्नैपर्छ । तर अब गर्नै मिल्दैन त, पार्टीको विधानले गर्न दिन्छ, आवश्यकता छ, सम्भव हुन्छ, कर्म गर्ने हो, फलको आश नगर्ने हो । मलाई लाग्छ गाह्रो छ, सांसदहरुको मत पाउने कुरा भनेको गाह्रै छ नि । गाह्रो छ थाहा छ, तर गाह्रो छ भनेर ठिक भएको काम छोड्न हुँदैन । म के चाहन्छु भने, सभापतिज्युले यसो एक दुई म्हिनापछि ल यार पाँच पटक भइसकेँ, छैटौँ पटक किन हुने ? को हुने हो अघि आउ भनिदिनुहुन्छ की ? राम्रै हो । म हुनुपर्छ पर्दैन, जो भएपनि हुन्छ । मैले साथ दिने हो तर कोही अघि नबढ्दा अघि बढ्ने हो नि । साथीहरु किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । सभापतिज्युलाई यो कुरा ठिक हो भन्ने लागेको छ, वरिपरी बस्ने साथीलाई चिन्तित बनाएको छ । धेरै चिन्ता गर्नुपर्दैन । म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब ।’

महामन्त्री थापाले वर्तमान सत्ता गठवन्धनको नेता काँग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने बताउनु भयो । उहाँले अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौति रहेको उल्लेख गर्नुभयो ।