२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको बैठक बोलाउन सांसद शर्माको माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पार्टीको संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । संसदीय दलको कार्यालयलाई पत्र लेख्दै शर्माले साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका हुन् ।

निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाउन माग गरेको उल्लेख गरेका छन् ।

उनले पत्रमा भनेका छन् – ‘अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार विभाग र सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूको मिलोमतोमा ठुलो परिमाणको सुन बाहिरिने क्रममा पक्राउ परेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो घटना अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता भएको हुँदा यस विषयमा माननीय अर्थमन्त्री र गृहमन्त्री ज्युहरुको भुमिका प्रति व्यापक रुपमा जनस्तरमा शंका उत्पन्न भएको हुँदा यस विषयमा हाम्रो संसदीय दलमा गम्भीरतापूर्वक छलफल वाञ्छनीय देखिएको र वर्तमान अवस्थामा सुशासन एकदमै कमजोर भईरहेको, भष्ट्रचार नियन्त्रण गर्ने दायित्व हामी जन प्रतिनिधिहरुको हो भन्ने कुरालाई हृदयङ्गम गर्दै पार्टी भित्रका सम्पूर्ण सांसद ज्युहरुको तर्फबाट यस विषयमा राय सल्लाह लिई उपयुक्त निकास निकाल्न वाञ्छनीय भएको साथै नेपाली कांग्रेस संसदीय दलको विधानको धारा (२१) (६) अनुसार २५ प्रतिशत सांसदहरुको हस्ताक्षरको आधारमा संसदीय दलको बैठक बोलाउन अनिवार्य प्रावधान भएता पनि पार्टी भित्र गुटबन्दी सिर्जना हुन सक्ने कुरा प्रति सचेत रहँदै आम सांसद ज्युहरुको मनोभावना र चाहनालाई समेट्दै यस विषयमा संसदीय दलको बैठक यही श्रावण १० गते अगावै बोलाई छलफल गराई पाँऊ ! आशा छ बहुमत सांसदहरुको चाहना अनुसार देश र जनताको हितमा हाम्रो पार्टीको संसदीय दलको बैठक कोशे ढुङ्गा साबित हुनेछ ।’

शर्मा प्रतिनिधिसभाको निर्वाचनमा मोरङ तीनबाट निर्वाचित सांसद हुन् ।