४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

कांग्रेस संसदीय दलको बैठक बोलाउन सांसद शर्माको माग

कांग्रेस संसदीय दलको बैठक बोलाउन सांसद शर्माको माग
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पार्टीको संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । संसदीय दलको कार्यालयलाई पत्र लेख्दै शर्माले साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका हुन् ।

निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाउन माग गरेको उल्लेख गरेका छन् ।

उनले पत्रमा भनेका छन् – ‘अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार विभाग र सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूको मिलोमतोमा ठुलो परिमाणको सुन बाहिरिने क्रममा पक्राउ परेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो घटना अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता भएको हुँदा यस विषयमा माननीय अर्थमन्त्री र गृहमन्त्री ज्युहरुको भुमिका प्रति व्यापक रुपमा जनस्तरमा शंका उत्पन्न भएको हुँदा यस विषयमा हाम्रो संसदीय दलमा गम्भीरतापूर्वक छलफल वाञ्छनीय देखिएको र वर्तमान अवस्थामा सुशासन एकदमै कमजोर भईरहेको, भष्ट्रचार नियन्त्रण गर्ने दायित्व हामी जन प्रतिनिधिहरुको हो भन्ने कुरालाई हृदयङ्गम गर्दै पार्टी भित्रका सम्पूर्ण सांसद ज्युहरुको तर्फबाट यस विषयमा राय सल्लाह लिई उपयुक्त निकास निकाल्न वाञ्छनीय भएको साथै नेपाली कांग्रेस संसदीय दलको विधानको धारा (२१) (६) अनुसार २५ प्रतिशत सांसदहरुको हस्ताक्षरको आधारमा संसदीय दलको बैठक बोलाउन अनिवार्य प्रावधान भएता पनि पार्टी भित्र गुटबन्दी सिर्जना हुन सक्ने कुरा प्रति सचेत रहँदै आम सांसद ज्युहरुको मनोभावना र चाहनालाई समेट्दै यस विषयमा संसदीय दलको बैठक यही श्रावण १० गते अगावै बोलाई छलफल गराई पाँऊ ! आशा छ बहुमत सांसदहरुको चाहना अनुसार देश र जनताको हितमा हाम्रो पार्टीको संसदीय दलको बैठक कोशे ढुङ्गा साबित हुनेछ ।’

शर्मा प्रतिनिधिसभाको निर्वाचनमा मोरङ तीनबाट निर्वाचित सांसद हुन् ।