४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मर्चवारीदेवीको फरक छ पहिचान र महिमा

मर्चवारीदेवीको फरक छ पहिचान र महिमा
अ+ अ-

लुम्बिनी । मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारीदेवी । उहाँकोे मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका–५ मा अवस्थित छ । मर्चवारीदेवीको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्ती रहेका छन् । उहाँको शक्तिपीठ रातो रङ्गमा माटाको ‘पिण्ड’ आकारमा छ ।

मर्चवारीदेवीको महिमा भोजपुरी भाषाको मर्चा (खुर्सानी)शब्दबाट सुरू भएको हो । “देवीको पूजा अर्चना गर्नाले दुःख–दरिद्रता नाश हुने र मनोकामना पुरा हुने जनविश्वास छ”, मन्दिरका महन्थ शम्भूशरण दासले भन्नुभयो, “पहिला यहाँ बलिप्रथा पनि थियो अहिले हटाइएको छ ।”

“मर्चवारीदेवीलाई विशेष गरेर मर्चवारी, सम्मरीमाई र कोटहीमाई गरी हालको तीन गाउँपालिका र वरिपरि मर्चवारवासीको आराध्य र इष्टदेवी मानिन्छ” मर्चवारी गाउँपालिका–३, मधुबनियाका ५२ वर्षिय दीपचन्द यादवले भन्नुभयो, “यिनै देवीको महिमा र नामबाट सो क्षेत्रको नाम मर्चवार रहन गएको हो ।”

किंवदन्तीअनुसार परापूर्वकाल जतिबेला मानिस कबिलामा बस्दै फिरन्ते जीवन बिताउँथे, त्यतिबेला त्यही बाटो भएर एउटा कबिलाको त्यहाँ आगमन भएको यादवले सुनाउनुभयो । उहाँले भन्नुभयो, “त्यही कबिलाले आफूसँग डोलामा राखी ल्याएको आफ्नो इष्टदेवीकोे पिण्डलाई त्यहाँ राखेर नित्य पूजा आराधना गर्दथ्यो ।”

केही दिनको बसाईपश्चात् त्यहाँबाट उत्तरतर्फ जानेबेलामा कबिलाका सरदारले माटोको त्यो पिण्डलाई डोलामा राख्न खोज्दा उठेन र देवीले त्यो ठाउँ उहाँको लागि अतिउत्तम भएकाले जान नचाहेको इच्छा व्यक्त गर्दै आफूलाई त्यहीँ छोडी जान आग्रह गरे अनुसार कबिलाल त्यहाँबाट रित्तै फर्केको उहाँले सुनाउनुभयो ।

अध्यात्मका जानकार मानिने यादवले भन्नुभयो, “कबिलाले बगैचाको पूर्वीछेउमा रहेको पोखरीबाट माटो ल्याई त्यो पिण्डलाई पूर्सा (मुठ्ठी कसेर हात उठाएको मानिसको पूर्णकद) वरावर पारी पूजा–आराधनापश्चात स्थापना गरी नीमको बोट सम्झेर मर्चा (खुर्सानी)को बिरुवा रोपी झिसमिसे बिहानमा फर्केको थियो ।”

फलफूलको बगैँचा, झाडी, बुट्टयान, खरहौटी र ताल–पोखरीले त्यहाँ खरायो, मृग, कालिज, तितर, पडखी, बसमुर्गी आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाइन्थे । त्यो ठाउँ चौपायाका लागि चरनका साथै शिकारका लागि पनि अतिउत्तम मानिन्थ्यो । त्यतिबेला मर्चवारीदेवीको त्यो शक्तिपीठका बारेमा अन्य कसैलाई थाहा भएन । “कालान्तरमा त्यसक्षेत्रमा हैजाको प्रकोप बढ्यो । हैजाग्रस्त एक गोठालाले त्यहाँ फलेको खुर्सानी टिपेर खाई पोखरीको पानी पिएपछि सन्चो भयो” यादवले भन्नुभयो, “माताले सपनामा हैजाग्रस्त ती गोठालालाई बताए अनुसार पूर्वस्थापित शक्तिपीठ वरिपरि सरसफाइ गरी मर्चवारी माताको रुपमा पूजा–आराधना शुरु गरियो ।”

यसै प्रसङ्गलाई कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभूषण यादवले अर्कै कथा सुनाउनुभयो । उहाँले भन्नुभयो, “शक्तिस्वरुपा पिण्डलाई डोलामा राखेर पछि–पछि दूधको धारा बगाउँदै उत्तरतर्फ गइरहेकाहरुको दूध त्यही आएर सकियो र देवी त्यहीँ अलप हुनुभयो, देवीलाई लैजाने कबिलाको सरदारले पनि त्यही देहत्याग गर्नुभयो ।”

्उमेरले ७५ काटिसकेका पूर्व गापा अध्यक्ष यादव वर्षौदेखि नियमित पूजापाठ गर्ने मर्चवारीदेवीका उपासकमध्येका एक हुनुहुन्छ । उहाँका अनुसार निकैपछि एक गोठालाले त्यहाँ फलेको दुईवटा खुर्सानी टिपेर खाएपछि निकै पिडा भयो । खुर्सानी खाएकाले हो, पूजा गर, भक्ति गर ठीक हुनेछ”, देवीले सपनामा भनेपछि त्यस्तै गर्दा उहाँलाई सन्चो भयो ।

मर्चवारीदेवीले दिनुभएको निर्देशन अनुसार बगैंचाको पश्चिमी छेउमा रहेको पोखरीबाट माटो ल्याई त्यहाँ पूर्सा बराबरको डल्लो ९पिण्ड० बनाई मर्चवारीदेवीको प्रतीकका रूपमा शक्तिपीठ स्थापना गरेर पूजा आराधना शुरु भयो । त्यसपछि स्थानीयको पिडा, दुःख सबै ठीक भएको कथा आफ्ना अग्रज बूढापाकाहरुबाट सुनेको यादवले बताउनुभयो ।

मर्चवार क्षेत्र धार्मिक, पुरातात्विक र पर्यटनीय दृष्टिले निकै महत्वपूर्ण छ । यहाँ कथा, कडाही, विवाह, ब्रतबन्ध र मुण्डन संस्कार अदि विभिन्न धार्मिक आयोजनहरू वर्षभरि हुने गर्दछन् । त्यहाँबाट भारतीय सिमाना चार किमी पूर्वमा रहेको छ । यो मन्दिर रूपन्देहीको दक्षिणी सीमावर्तीक्षेत्र मर्चवारी–७ र कोटहीमाइ–७ को सिमानामा अवस्थित छ ।

विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र तथा २०६९ असार २१ र २०७६ मङ्सिर २० मा पूर्वराजा ज्ञानेन्द्रले पनि मर्चवारीदेवी मन्दिरको दर्शन अवलोकन गर्नुभएको थियो । तत्कालीन पाल्पा राज्यका सेनवंशीय राजाहरु पनि मर्चवारीदेवी शक्तिपीठको दर्शन, पूजा–आराधना र आर्शिवाद लिने चलन रहेको बताइयो । अध्यक्ष मिश्रले भन्नुभयो, “विश्व शान्तिको मुहान तथा अन्तरराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी नजिकै रहेको मर्चवारीदेवी मन्दिरको महिमा र महत्व बढ्दो छ ।”

लुम्बिनी प्रदेशमै अन्नको भण्डार भनेर चिनिने मर्चवार क्षेत्रको इष्ट मर्चवारीदेवीलाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले पहल गरिरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो । रासस