१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

रमेश खरेलले मलाई मार्न प्रयास गरे: बामदेब गौतम

पछि गल्ती भयो भन्दै खुट्टा समाएर माफी माग्न आएका थिए,तर मैले खुट्टा समाउन दिइन

रमेश खरेलले मलाई मार्न प्रयास गरे: बामदेब गौतम
अ अ+ अ-

काठमाडौं ।राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले नेपाल प्रहरीका पूर्व डिआइजी तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले आफूलाई मार्न खाजेको आरोप लगाउनु भएको छ ।

शनिवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा गौतमले रमेश खरेलले इन्सपेक्टर भएका बेला आफूलाई मार्न भनेर रिभल्बर बोकेर हिँडेको दाबी गर्नुभयो । गौतमले भन्नुभयो मलाई आईजीपी अच्युत खरेल हटाएर ध्रुव प्रधान बनाउन निर्देशन आएको थियो । रमेश खरेलले त्यसबेला गृहमन्त्रीलाई जहाँ भेट्यो त्यहीँ मार्छु भनेर रिभल्बर बोकेर हिँडेको हो । मलाई मार्न हस्तलिखित पर्चा बाँडेका थिए उनले । पछि गल्ती भयो भन्दै खुट्टा समाएर माफी माग्न आएका थिए,तर मैले खुट्टा समाउन दिइन ।

गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी समेत गर्नुभयो ।उहाँले भन्नुभयो,‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत आरोप हो ।’
साक्षात्कारमा बौल्दै नेता गौतमले भन्नुभयो –‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत कुरा हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ? सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कमचारीमात्रै उपस्थित् छन् । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’

नेता गौतमले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी समेत गर्नुभयो । उहाले भन्नुभयो ,‘म पहिलोपटक ०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाईए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’

अहिलेको पछिल्लो सुन काण्डबारे के भन्नुहुन्छ ? एयरपोर्टमा प्रहरीको भूमिकालाई लिएर सोधिएको एक प्रश्नमा ? गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाउनु भयो । उहाँले भन्नुभयो े–‘संसारका अरु महत्वपूर्ण देशका एयरपोर्टहरुमा प्रमुख रुपमा सेना खटेको हुन्छ । त्यसपछि प्रहरी पनि रहेका हुन्छन् । अरु धेरै भन्सारलगायत सबै संस्थाहरु संलग्न हुन्छ्न। हाम्रो देशमा सेना बाहिरबाट सुरक्षामा बस्छ, भित्रैबाट बसेर काम गर्ने नेपाल प्रहरीले गर्छ । सुरक्षासम्बन्धी जाँचबुझ गर्छ । भन्सारसम्बन्धी हेर्ने सुरक्षाले होईन । भन्सारले माग गर्यो भने सुरक्षा निकाय त्यहाँ खट्नुपर्छ । विदेशबाट आउने सामान वा किनेर ल्याउने होस वा कसैले उपहार दिएर ल्याएको होस, त्यो सबै भन्सारमा जान्छ । नेपाल प्रहरीको सुरक्षासम्बन्धी काम हुन्छन् । अनेकपटक नेपाल प्रहरीले भन्सारबाट छुटेर बाहिर आईसकेका त्यस्ता, भन्सार छल्नेहरुलाई पक्रिएर कारबाही गरेको छ। भन्सारभित्रै प्रवेश गर्न पाउँदैन् । प्रहरी र अरु निकायको आ–आफ्नो कार्यक्षेत्र हुन्छ । सामान ल्याउने र लैजाने जतिपनि कामहरु छन्, ती काम भन्सारबाटै हुन्छ ।’

राजनीतिक नेतृत्वको संलग्नताविना यत्तिको मात्रामा सुन भित्रिन सक्छ त ? भन्ने अर्को प्रश्नमा गौतमले यसको विषयमा गम्भीर छानबिनको आवश्यकत्ता रहेको बताउनु भयो । उहाँले भन्नुभयो  ‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्रीपनि प्रधानमन्त्रीपनि को–को हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन् । त्यसो भएर सुन आओस कि अरु कुनै विषय आउन् कि ? त्यसमा सिधै मन्त्री जोडिने अनि प्रधानमन्त्री जोडिने वा राष्ट्रपति जोडिने हुँदैन् ।’

सुन तस्करीको सवालमा उनले अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको बताउनु भयो । उनले भने,‘यो त सबभन्दा ठूलो विषय नेपाललाई होईन, कुन ठाउँबाट आयो यो ? यो हङकबाट आयो भनिएको छ । हङकङजत्तिको सुरक्षित ठाउँ अरु छैन् । त्यहाँबाट आयो । त्यो ठाउँमा तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भयो । यहाँपनि त्यो जालो रहेछ । यो जालो विभिन्न कालखण्डमा देखापरेको छ।’

तस्करीबाट नेपाल भित्रिने ठूलो परीमाणको सुन कहाँ जान्छ त ? भन्ने पत्रकारको अर्को जिज्ञासमा भने गौतमले सधैंभरि सुन नआउने सुनाउनु भयो । ‘सधैंभरि सुन आउँदैन् । सधैंभरि त्यस्तो अरबौं रुपैयाँको सुन आउने हो भने यो संसारभरि नै नेपालले नै सुन सप्लाई गर्यो भन्ने हुन्थ्यो ।’–गौतमले भन्नुभयो । उहाँले अघि भने–‘त्यस्तो हुँदैन् । त्यो पनि तस्करीको सुन हुन्छ । त्यो तस्करीको सुन धेरै ठाउँ छानबिन हुन्छ, के हुन्छ ? के हुन्छ ? कहीँनिर पर्छ कि भनेर सबै सेटिङ गरेर मिलाएर सबै सबै हिसाब मिलाएर आउने हो । यसपटक पनि जम्मै मिलाएको रहेछ । भन्सार पनि छलेर बाहिर गैसकेको थियो । राजश्व अनुसन्धानले त्यो थाहा पाएर, यो पहिले नै थाहा थियो । यति सुन आउँदैथियो भनेर यो पहिले नै थाहा थियो । नेपाल प्रहरीलाई पनि थाहा थियो । भन्सारलाई पनि थाहा थियो । राजश्व अनुसन्धानलाई पनि थाहा थियो । त्यो सबै उनीहरुले हेरिरहेका थिए । कहाँ कहाँबाट यिनीहरुले छलेर आउँदैछन् भनेर सबै जानकारी गरिराखेका थिए ।’

उनले तस्करीबाट आएको सुन नेपालमा केही मात्रामा खपत हुने गरेको भएपनि धेरै मात्रामा भने बाहिर जाने पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘अब केही केही नेपाल खपत हुन्छ होला क्यारे । तर, मैले विचार गर्दा नेपालमा खपत हुने सुन त राष्ट्र बैंकले नै सबै व्यापारीहरुलाई दिएको देख्छु । तस्करी गरेर ल्याएको सुन नेपालका व्यवसायीहरुले आधारभूत रुपमा प्रयोग गर्दैनन् । यो बाहिर नै जान्छ ।’

सुन तस्करीमा वामदेवको पनि संलग्नता कतै छ है भन्ने छ नि ? भन्ने पत्रकारको अर्को प्रश्नमा वामदेवले प्रमाण दिन चूनौति दिनुभयो । उहाँले भन्नुभयोे,‘यदि त्यसो भन्ने छ भने प्रमाण दिनुपर्यो । म त्यसको सामना गर्न तयार छु । मुखमा स्वाद छ कसैलाई, यसो भन्दाखेरि स्वाद आउँछ अनि मनोरञ्जन हुन्छ यदि कसैलाई भने, तपाईँहरुलाई पनि भन्न छुट छ । अरु कसैलाई पनि छुट छ । तर, यथार्थमा यदि गलत कामको निम्ति तपाईँले सोध्नुहुन्छ, आरोपित गर्नुहुन्छ भने तपाईँसँग प्रमाण हुनुपर्छ । प्रमाणविना गर्नुभयो भने तपाईँले ठूलो अपराध गर्नुहुन्छ । र, हाम्रो धर्म र संस्कृतिअनुसार महापापमा तपाईँ पर्न सक्नुहुन्छ । राजनीतिक वृत्तमा उठेका प्रश्नहरुमा वामदेवको नाम आउँदैन् । अराजनीतिक क्षेत्रमा रहेका कतिपय भडुँवा व्यक्तिहरुले चाहीँ वामदेवको नाम ल्याउँछन् ।’

उनले आफू तीन पटक मुलुकको गृहमन्त्री भएको र सो अवधिमा सबैतिरबाट कामको प्रशंसा पाएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो–‘आजसम्म पछिल्लोपटक गृहमन्त्री भएर मैले छोडेको २०७३ सालमा हो, ०७२ को असोजमा नयाँ संविधान जारी भयो । नयाँ प्रधानमन्त्री बन्ने स्थिति आएपछि मैले छोडेको हो । त्योभन्दा अघि २ पटक भएँ । म जम्मा तीनपटक गृहमन्त्री भएँ । म भएको बेला शान्ति सुरक्षाको ग्यारेन्टी भएको छ । म गृहमन्त्री भएको बेला, ०७२ मा महाभुकम्प गयो, हामीले त्यतिवेला गरेका उद्धारका कार्यहरुले खासगरी सेना र अरु सिभिल व्यक्तिहरुले प्रशंसा गरेर गएका छन् । त्यो भन्दा अगाडि पनि शासन र प्रशासन भन्ने के हो ? गुण्डाहरु सबै समाप्त भएका थिए । वामदेव गौतम जनताको शासकको रुपमा नेतृत्व गर्ने व्यक्ति हो । मैले एक पैसा पनि भ्रष्टाचार गरिनँ । व्यभिचार पनि मैले गरिनँ । तस्करहरुसँग मेरो कहिल्यैपनि सम्बन्ध भएन ।’

तपाईँको कार्यकालमा सुन तस्करी हुन्थ्यो कि हुन्थेन ? भन्ने पत्रकारको अर्को जिज्ञासमा भने वामदेवले भयो होला भन्ने जवाफ दिए । उनले भनेका छन्–‘भयो होला । तर, यस्तो किसिमको भएको भए तपाईँले देखाउनु न ।’
हालै भएको क्विन्टल सुन तस्करीबारे आफूले थाहा नपाएको उनको जिकिर छ । उहाले भन्नुभयो े,‘मैले थाहा पाईनँ । मैले किन थाहा पाउने हो र ? मैले त रेडियोले भनेपछि थाहा पाएको हुँ ।’

गौतमले ललिता निवास प्रकरणमा गम्भीर अनुसन्धान भैरहेको बताउनुभयो । उक्त प्रकरणबारे उहाँले भने–‘ठूला माछा किन पक्राउ परेनन् ? अब पक्राउ परेनन् त के भएर परेनन् ? जहाँबाट नेपाल प्रहरीको सिआईबी प्रवेश गरेको छ, त्यो ठाउँबाट प्रवेश गर्दा, बाटाघाटाहरु कहाँ कहाँसम्म पुगेका छन् ? त्यो बुटोबाट प्रवेश गरेको छ, त्यो एउटा ठूलो भ्रष्टाचारको बुटो छ भने तिनका जरा–कहाँ कहाँ पुगेको छ, त्यहीँ त्इहीँ जाउन् । त्यसरी पर्छन् भने साना माछा होईन, ठूला माछा अनि ठूला माछालाई पनि खाने गोही, हडियाल, घडियाल सबै आउँछन् ।’

उहाँले उक्त प्रकरणमा पनि छानबिनको लागि तथ्य र प्रमाण भेटिनुपर्ने बताए । उनले भने,‘कसैले न कसैले नाम लिनैपर्छ । कुनै न कुनै तथ्य, प्रमाण भेटिनुपर्छ । सबै छानबिनमा जानुपर्छ । ममाथि लगाईएका आरोपहरु अदालतमा पेश गरियोस । अदालतमा सामाना गर्न तयार छु । खुशी भएरै जेल जीवन विताउन तयार छु ।’

नेपाली सेनाको संख्या घटाउने कुरा वाहियात भएको पनि उहाँको तर्क छ । उहाँले भन्नुभयो भने,‘सेनाको सम्बन्धमा कुरा गर्नुहुन्छ भने नेपाली सेनाले ऐतिहासिक कर्तव्य निर्वाह गरेको छ, यस्तो निर्वाह गर्ने सेना संसारमा विरलै पाउँछन् । पृथ्बीनारायााण शाहले निर्माण गरेको सेना हो, १८१४ मा साम्राज्यवादी बेलायतले आक्रामण गर्यो, नेपाल कब्जा गर्न सकेन । नेपाल जोगाउने काम नेपाली सेनाले गरेको छ । नेपालमा पर्ने हरेक विपतमा जोगाउने काम पनि यही नेपाली सेनाले गरेको छ। संविधानसभाले नेपालको संविधान ०७२ जारी गर्यो, सेनाले त्यो संविधान मानेर हामी चल्न तयार छौं भन्यो । सेनाले हामी प्रतिगामी शक्ति होईन भनेर भन्यो । यो सेना–त्यसबेला निर्माण भयो, त्यस्तो सेनालाई अपमान हुनेगरि बोली र बचन दिनुहुन्न । आजको नेपालको सरक्षण त्यसैले गरेको हो । यो सेना ठूलो भयो भनेर चर्चा नगरौं ।’

आफूले सेनाको विषयमा सदनमा पनि बोलेको स्मरण गराउँदै गौतमले सेनाको संख्या घटाउनुभन्दा प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउनु पर्ने बताउनु भयो । उहाँले भने,‘मैले सदनमा पनि त्यही बोलेको हुँ । सेनालाई घटाएर पैसा बचाएर देश विकास गर्ने भन्नु वाहियात कुरा हो । बरु प्रतिनिधिसभाका २७५ लाई १६५ मा झारिनुदिनुपर्छ । समावेशी चरित्र त्यसैभित्र (१६५) भित्रै गरिदिनुहोस । राष्ट्रियसभाको छुट्टै कुनै भूमिका छैन् । यसको आवश्यकत्ता छैन् । प्रदेशसभा छ, उता तलपनि ७५३ स्थानीय सरकार छ । संसारमा नभएको सरकार नेपालमा भए । प्रदेशसभा विघटन गरे हुन्छ । ती ठाउँमा गएको पैसा जोगाएर बरु विकास गर्न सकिन्छ । देश विकास गर्न योजना हुनुपर्छ ।’