४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो हो– कमल थापा

आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो हो– कमल थापा
अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो भएको र प्रारम्भिक संकेत भएको बताएका छन् ।

जब अति हुन्छ,जब जनताको धैर्यको बाँध फुट्छ तब जनता सडकमा उत्रेर संकटको समाधान खोज्न बाध्य हुन्छन् भन्दै थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको भ्रष्ट व्यवस्था र तन्त्र अन्त्य गर्न जनता सडकमा उत्रनु वाहेक अर्को विकल्प नभएकोमा जोड दिए ।

आज काठमाडौंको शान्ती बाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले ‘जसले यो व्यवस्थाबाट अकुत सम्पत्ति जोडेका छन्, ब्रम्हलुट गरेका छन् र राजनीतिक साम्राज्य कायम गरेका छन् उनीहरु यो व्यवस्था परिवर्तन त के सुधार पनि गर्न चाहन्नन्’ भन्दै देश अहिले संकटको दलदलमा भासिएको चर्चा गरे ।

नेपाली सेना बाहेक राज्यका सबै अंग, संरचना र निकायहरुमा धमिरा लागेको खिया लागेको भन्दै उनले सामान्य सुधारले अब संकटबाट मुक्ति संभव नभएको जिकिर गरे ।

‘अब व्यवस्था र प्रणाली नै परिवर्तन गर्नु आवश्यक छ’ – थापाले भने । जनताले न्याय पाउने अदालतबाट हो, तर अदालतबाट काकताली परेर वाहेक साधारण अवस्थामा जनताले न्याय पाउने आशा मरिसकेको भन्दै उनले राजनीतिक पहुँच र सम्पर्कका आधारमा न्यायाधीशहरू नियुक्त हुन्छन्, त्यसैले राजनीतिक दल र नेताहरुको आदेश पालना न्यायपालिकाको नियति बनेको बताए ।

नेताहरुको आदेश नमाने न्यायाधीशहरु महाभियोगको शिकार हुनुपर्ने दुखद अवस्था भएको समेत उनले भने । थापाले अख्तियारमा पार्टीको भागवण्डा अनुसार नियुक्ती हुने भएकोले अख्तियारले साना माछा मात्र समात्ने गरेको दाबी गरे ।

‘प्रशासन र प्रहरी पार्टीको प्रभावमा रहेका छन् । आदेश अनुसार काम नगरे जागिर नै धरापमा पर्छ’ थापाको टिप्पणी थियो ।

ललिता निवासको सरकारी जग्गा काण्डमा सिआईबीले गरेको छानविन प्रशंसनीय भएको तर राजनीतिक नेतृत्वको दवावले गर्दा निर्णय सदर र निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई छुन नसकेको उनको भनाई थियो ।

‘नक्कली भुटानी शरणार्थी काण्डमा करोडौं रकम बुझेका व्यक्तिहरू छानविनको घेरामा परेका छैनन्। प्रजातन्त्रको मेरुदण्ड मानिने चुनाव व्यापारिकरण र अपराधिकरणको प्रभावमा परेको छ । प्रदेश संरचना राजनीतिक अस्थिरता र भ्रष्टाचारको अखडा बनेको छ । धर्मनिरपेक्षताको आडमा भैरहेको धर्मपरिवर्तनले सनातन धर्म संस्कृति कमजोर भएको छ। अर्थतन्त्र संकटग्रस्त भएको छ। मिटरव्याजी, सहकारी र बैंकबाट लाखौं जनता पिडित भएका छन् । यस्तो अवस्थामा अब सडकबाटै परिवर्तन खोज्नुपर्छ’ थापाले भने ।

भ्रष्ट व्यवस्था, भ्रष्टाचारी र लेण्डुपवादी प्रवृत्ति अन्त्य गर्न तेस्रो जनआन्दोलनको तयारीमा जुट्न आमजनसमुदायलाई आह्वान समेत थापाले गरेका छन् । हिन्दुअधिराज्यको पुनस्थापना तथा सुशासन कायम गरी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न समान विचारधारा भएका सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुन पनि उनले आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिक्ता बिष्णु भट्टराईले कमल थापाको नेतृत्वबाट हुने आन्दोलनलाई सबैले साथ सहयोग गर्नुपर्ने आबश्यकता औल्याए । कार्यक्रममा नेताहरु हिक्मतजङ्ग भण्डारी ,नगेन्द्र देउजा,उज्वल पोखरेल लगायतले बोलेका थिए । काठमाडौंको भद्रकालीबाट शुरु भएको र्‍याली नयाँ सडक,ईन्द्रचोक, असन भोटाहिटी हुँदै रत्नपार्कको शान्ती बाटिकामा पुगि बिरोध सभामा परिणत भएको थियो ।