२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० लाख दाइजो मागेको आरोपमा मण्डपबाटै पक्राउ परेका बेहुला १ लाख धरौटीमा छुटे



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ५० लाख रुपैयाँ दाइजो मागेको भन्दै मण्डपबाटै पक्राउ परेका बेहुला अनुराग रौनियारलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उक्त आदेश गरेको हो ।

सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय रौनियारलाई काठमाडौंको नक्सालबाट प्रहरीले असार १२ गते पक्राउ गरेको थियो ।

उनले नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएका थिए । साथै, बेहुलीलाई हातपात र गाली बेइज्जती गरेका थिए ।

अदालतले प्रतिवादी बनाइएका बेहुलाका भाई आकाशलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । बेहुलाकी ६५ वर्षीया आमालाई पनि प्रतिवादी बनाइएको थियो । तर, उनी भने पक्राउ पर्न सकेकी थिइनन् ।