२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपुर घटनाप्रति आक्रोशित बने बलिउडकर्मी



अ+ अ-

एजेन्सी । मणिपुरमा भएको ‘अमानविय’ घटनाले मानवतालाई पूर्ण रूपमा लज्जित बनाएको छ । मणिपुरमा दुई कुकी समुदायकी महिलालाई सडकमा निर्वस्त्र परेड गराइएको घटनाको भिडियो सार्वजनिक भएपछि भारतभर आक्रोश बढेको छ ।

यस जघन्य कार्यको विरुद्धमा आम मानिससँगै बलिउड स्टारहरूले पनि आवाज उठाएका छन् । अक्षय कुमारसँगै ऋचा चड्ढा, विवेक रञ्जन अग्निहोत्री र सोनु सुदलगायत सबै बलिउड स्टारहरू यो अपराधप्रति आक्रोशित भएका छन् र अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भनेका छन्, ‘मणिपुरका छोरीहरूलाई के भयो त्यो कहिल्यै माफ गर्न सकिँदैन । मेरो मन पीडा र क्रोधले भरिएको छ ।’

अक्षय कुमारले ट्वीट गर्दै भनेका छन्, ‘मणिपुरमा महिलामाथि हुने हिंसाको भिडियो देखेर स्तब्ध छु, निराश छु । म आशा गर्दछु कि दोषीहरूलाई यति कठोर सजाय होस् कि कसैले फेरि यस्तो जघन्य कार्य गर्ने सोच्ने छैन।’

मणिपुरमा महिला विरुद्धको यो जघन्य अपराधप्रति आक्रोश व्यक्त गर्दै सोनु सूदले लेखे, “मणिपुरको घटनाले सबैको आत्मालाई भित्रैदेखि हल्लाएको छ । मानिसहरूले महिलाको मात्र होइन मानवताको परेड निकालेका छन् ।’

अभिनेत्री उर्मिला मातोन्डकरले ट्वीट गरेकी छिन्, ‘म मणिपुरमा भएको घटनाको भिडियोबाट भित्रैदेखि प्रभावित छु र यो मेमा भएको थियो र यसमा कुनै कारबाही गरिएको छैन भन्ने तथ्यबाट म स्तब्ध छु । लाज लाग्नुपर्छ सत्ताको नशामा ठुलो पदमा बसेकाहरुलाई । सेलिब्रेटीहरू मौन छन्, प्रिय भारतीयहरू हामी यहाँ कहिले पुग्छौं ?’

अभिनेत्री कियारा आडवाणी लेख्छिन् – ‘मणिपुरमा महिला विरुद्धको हिंसाको भिडियो डरलाग्दो छ र यसले मलाई मुटुदेखि हल्लाएको छ । महिलाले छिटोभन्दा छिटो न्याय पाओस् भन्ने कामना गर्दछु । जिम्मेवार व्यक्तिहरूले सबैभन्दा कडा सजाय भोग्नुपर्छ ।’

मणिपुरमा सुरु भएको हिंसा रोकिने सम्भावना छैन । राज्यका जनता विगत केही महिनादेखि समस्यामा छन् । अहिले मणिपुरबाट मानवतालाई लज्जित पार्ने एउटा भिडियो आएको छ, जसमा दुई महिलालाई निर्वस्त्र परेड गराएको घटना सार्वजनिक भएको छ । घटनाका सम्बन्धमा मणिपुरको आदिवासी समूहले ती दुई महिलालाई खेतमा लगेर सामूहिक बलात्कार गरेको आरोप पनि लगाएको छ । तर, यस क्रुरतामा संलग्न मुख्य अभियुक्त भने प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले मणिपुरमा महिलाहरूमाथि भएको क्रूरताको आफैले संज्ञान लिएको छ । अदालतले केन्द्र र मणिपुर सरकारसँग यस विषयमा उठाएका कदमहरूको बारेमा जानकारी मागेको छ । अदालतले यस विषयमा आगामी शुक्रबार सुनुवाइ गर्नेछ ।