२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताको संरक्षणमा नै सुन तस्करी भइरहेको छ: एमाले नेता रिजाल



अ+ अ-

काठमाडौं। नेकपा एमालेका नेता बिष्णु रिजालले सत्ताको संरक्षणमा नै सुन तस्करी भइरहेको आरोप लगाउनु भएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा रिजालले लेख्नुभएकोछ यो कसैमाथिको आरोप होइन, तथ्य हो , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण रुपमा सत्ताधारी नेताहरुको कब्जामा छउनिहरुकै संरक्षणमा कारोबार भइरहेको छ ।

उहाँले लेख्नुभएको छ-

यो कसैमाथिको आरोप होइन, तथ्य हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण रुपमा सत्ताधारी नेताहरुको कब्जामा छ । काम गर्ने अधिकारीका रुपमा सरकारी कर्मचारी पठाइए पनि त्यहाँ छानी–छानी र सेटिङ मिलाएर पठाइएका व्यक्तिहरु मात्र नेतृत्वमा छन् ।

उदाहरणका लागि– दुई बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सेट गरेका हुन् । प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग ‘तालिम प्राप्त’ गरेपछि पठाइएका व्यक्ति हुन् भने बरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका निजी सचिव थिए ।

त्यसैगरी, सम्पूर्ण सुरक्षाको नेतृत्व गरेका डीआइजी अर्जुन चन्द ठकुरीलाई ‘आदर्शवान’ गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानेर पठाएका हुन् भने अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रालय बाहिरबाट खोजेर शोभाकान्त ढकाललाई भन्सार विभागका महानिर्देशक यत्तिकै बनाएका होइनन् । चर्का र उट्पट्याङ कुरा गर्ने पर्यटनमन्त्री सुदन किराँतीले विश्वास गरेर जिम्मा दिएका प्रतापबाबु तिवारी विमानस्थल प्रमुख छन् ।

अब भन्नूस्– सय किलो सुन एउटा ड्युटी अफिर र जाँचकीले जाँचपास गराएर विमानस्थलबाट सजिलै बाहिर पठाउन सक्छन् होला रु यदि दुईटा सामान्य कर्मचारीले यति काम फत्ते गर्छन् भने यी बाँकीले केसम्म गर्न सक्छन् होला ?