• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

सत्ताको संरक्षणमा नै सुन तस्करी भइरहेको छ: एमाले नेता रिजाल



काठमाडौं। नेकपा एमालेका नेता बिष्णु रिजालले सत्ताको संरक्षणमा नै सुन तस्करी भइरहेको आरोप लगाउनु भएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा रिजालले लेख्नुभएकोछ यो कसैमाथिको आरोप होइन, तथ्य हो , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण रुपमा सत्ताधारी नेताहरुको कब्जामा छउनिहरुकै संरक्षणमा कारोबार भइरहेको छ ।

उहाँले लेख्नुभएको छ-

यो कसैमाथिको आरोप होइन, तथ्य हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण रुपमा सत्ताधारी नेताहरुको कब्जामा छ । काम गर्ने अधिकारीका रुपमा सरकारी कर्मचारी पठाइए पनि त्यहाँ छानी–छानी र सेटिङ मिलाएर पठाइएका व्यक्तिहरु मात्र नेतृत्वमा छन् ।

उदाहरणका लागि– दुई बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सेट गरेका हुन् । प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग ‘तालिम प्राप्त’ गरेपछि पठाइएका व्यक्ति हुन् भने बरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका निजी सचिव थिए ।

त्यसैगरी, सम्पूर्ण सुरक्षाको नेतृत्व गरेका डीआइजी अर्जुन चन्द ठकुरीलाई ‘आदर्शवान’ गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानेर पठाएका हुन् भने अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रालय बाहिरबाट खोजेर शोभाकान्त ढकाललाई भन्सार विभागका महानिर्देशक यत्तिकै बनाएका होइनन् । चर्का र उट्पट्याङ कुरा गर्ने पर्यटनमन्त्री सुदन किराँतीले विश्वास गरेर जिम्मा दिएका प्रतापबाबु तिवारी विमानस्थल प्रमुख छन् ।

अब भन्नूस्– सय किलो सुन एउटा ड्युटी अफिर र जाँचकीले जाँचपास गराएर विमानस्थलबाट सजिलै बाहिर पठाउन सक्छन् होला रु यदि दुईटा सामान्य कर्मचारीले यति काम फत्ते गर्छन् भने यी बाँकीले केसम्म गर्न सक्छन् होला ?