४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उज्यालो अभियान अन्तर्गत १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

उज्यालो अभियान अन्तर्गत १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया
अ+ अ-

तुलसीपुर: उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिव १९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारसंग आर्थिक बर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।

नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवनयापन गर्नु नपरोस र नेपाल सरकारको आँखा स्वास्थ्य रणनीतिलाई समेत सहयोग पुर्याउने उद्देश्यले स्थानिय तहरुसंग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि गत आर्थिक बर्षमा उज्यालो अभियान सञ्चालन गरिएको बताउछन् प्रमुख प्रशासक सम्शेर थापा । उक्त कार्यक्रम अन्तरगत एक बर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको समेत बताए । पैसा र पहुँचको अभावका कारण कोहि कसैले पनि अनाहकमै आँखाको ज्योति गुमाउन नपरोस् भन्ने मुख्य उद्धेश्यका साथ उज्यालो कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।

उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना , बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १०० जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरि उज्यालो पर्दान गरिएको बाह्ेय कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।

त्यस्तै सवैभन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरि ७ सय ३२ जना यस आर्थिक बर्षमा मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको नेत्र सहायक विमल घिमीरेले जानकारी दिए । त्यस्तै लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामा समेत साझेदारी मार्फत उज्यालो अभियान पु¥याई ४९ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

त्यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्ण नगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडा सम्ममा २ सय ५५ जना विरामीहरुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको बाह्य कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिए । त्यस्तै कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकामा १ सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियानविन्दुका विरामीहरुको आँखा शल्यक्रिया गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माको भनाई छ । यस अभियानले दृष्टि विहिनताको न्यूनीकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमा नै दृष्टिविहिन भएर बसेकाहरुलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । ‘हामीले हुने संग लिने र नहुने लाई आँखा उपचार सेवा दिने हो, त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडी बढाऔं भन्ने हाम्रो उद्धेश्य हो ।’

त्यस्तै सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न आफुहरु लागेको बताए । ‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रम हो पालिकाको अन्धोपन न्यूनिकरणका लागि साझेदारी कार्यक्रम गरि यो बर्ष कम्तीमा पनि आधालाई उज्यालो हामीहरुले प्रदान गर्ने म प्रतिवद्धता जाहेर गर्छु — अध्यक्ष विश्वकर्माले भने । उनले यस आर्थिक बर्षमा करिव ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दै अव ३२० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्याङ्कले देखाएको र यस बर्ष आधा आँखा रोगीलाई शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने बताए ।

त्यस्तै दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफुहरुको साझेदारीमा पहिलो पटक सञ्चालन गरेको अभियान प्रभावकारी भएको बताए । उनले उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइनेछ । सम्झौताभन्दा बढी मोतियाबिन्दुका बिरामीको शल्यक्रिया वापतको रकम आगामी आर्थिक वर्षमा भुक्तानी दिने गरी व्यवस्था मिलाइने नीति कार्यक्रममा समेत उल्लेख गरेको बताए । त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, तथा अन्य गाउँपालिका नगरपालिका र वडाहरुले पनि यस अभियानलाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिने बताए ।

नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’’ कार्यक्रमलाई सफल बनाउन सवै स्थानीय पालिकामा छलफल समेत भएको प्रमुख प्रशासक सम्शेर थापाले बताए । उनले जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरि अन्धोपन लागि साझेदारी गर्ने प्रतिवद्धता जनाएको समेत बताए ।

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।