४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हज समिति प्रति असन्तुष्टि बोकेर मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री-फोटो फिचर

हज समिति प्रति असन्तुष्टि बोकेर मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री-फोटो फिचर
अ+ अ-

काठमाडौं।नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन् ।

बुधवार बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए । मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरु सबै स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएका हजयात्रीहरुले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरे । उनीहरुले नेपालबाट गएका हज कमिटीका सदस्यहरुले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको गुनासो गरे । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै एक हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको र फोहोर होटलमा फोहोर खानेकुरा खुवाएको बताउनु भयो । उहाँले नेपालबाट गएका हजयात्रीहरु हराउँदासमेत नेपालबाट गएका हज प्रतिनिधिहरु खोज्नसमेत नगएको बताउनु भयो । उहाँले हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राख्न र पार्टीका कार्यकर्ता नराख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मक्का मदिनामा ४३ दिन पूरा गर्दा हामीले १२ सय जना जानुभएको थियो, पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन । गाडीको सुविधा पनि दिएन, सडेको चामल, मासु खुवाउँथ्यो, खाना खाने मानिस अस्पताल भर्ना भए, होटलमा पनि ट्वाइलेटमा राखेर प्लेट सफा गर्ने, स्प्रेले सफा गर्ने गरेर खाने खुवायो । नेपाल सरकारले पठाएका प्रतिनिधिहरुले उनीहरुले आफूले राम्रो गरे तर हाम्रो केही सहयोग गरेनन् । कति जना त तीन, चार दिनसम्म हराइ, नेपाल सरकारले पठाएका प्रतिनिधिहरु खोज्नसम्म गएनन् । हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राखियोस्, यो पार्टीगत नहोस्, हजमा नेपालको बदनाम गर्नेलाई कारबाही होस् । हज कमिटीको सबै सदस्यहरु दोषी हुन् ।’

उहाँले हज यात्रामा नेपालको प्रतिनिधि भइ गएका हज कमिटीका प्रतिनिधिहरुले नेपालको बद्नाम गरेकाले सबै दोषीहरुलाई कारबाही गर्न माग गर्नुभयो ।