९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इसेवा भर्चुअल फिस्टा’ शुरू, १० हजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने



अ+ अ-

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । 

उक्त कार्यक्रममा कार्यशाला तथा  अन्तरक्रियाका शत्रहरू सञ्चालन गरि भर्चुअल फिस्टामा स्नातक तथा स्नातोत्तरसम्मका विद्यार्थी उपस्थित हुन सकिने जनाएको छ । साथै विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न र व्यक्तिगत तथा व्यवसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्न तथा सीप विकासका अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ । 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मूख्य प्रायोजनामा फोनिक्स् कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र न्यू समिट कलेजले आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रममा, वित्तीय साक्षरता, महामारीको समयका अग्रपंतिका नायकलाई सम्मान, शेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिंग प्रतियोगिता जस्ता कार्यक्रम समावेश छन् । 

यही जेठ ७ गते शुक्रबार देखि शुरू भएको यस कार्यक्रम जेठ २१ गते शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा एमएस टिम्स् तथा आयोजक कलेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण हुने उल्लेख गरेको छ ।