२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सिङ कक्षामा चर्को शुल्क खारेज गर्न गोविन्द केसीको माग



अ+ अ-

काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारका अभियानकर्मी डा गोविन्द केसीले नर्सिङ कक्षामा बढाइएको शुल्क खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिटिइभीटीले नर्सिङ लगायतका विषयमा लगाइएको चर्को शुल्क तत्काल खारेज गर्न माग गर्नुभएको हो ।

देश आर्थिकरुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु नै आफैँमा विडम्बनाको कुरा हो भन्दै उहाँले त्यसमा पनि एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित छ भन्नुभएको छ ।

“सिटिइभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो अचाक्ली निर्णय भएको हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ, “चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्शबिना सिटिइभीटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण देखिन्छ ।”

डा केसीले आफूहरुसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुने जानकारी गराउनुभएको छ ।