२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दू राष्ट्र पुनःस्थापनार्थ राप्रपाको धार्मिक यात्रा-फोटो फिचर



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक यात्रा गरेको छ ।

राप्रपाले गत वर्षदेखि साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समुह, संस्थाहरु समेतको सहभागितामा मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा भएको हो ।

राप्रपाले यस्ता धार्मिक अभियानलाई अब देशव्यापी बनाउदै लैजाने अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाँले भन्नुभयो ‘आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै राप्रपा अघि बढ्छ ।’

शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दूराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियान अन्तरगत धार्मिक यात्रा गरिएका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनमत सिर्जना गर्न धार्मिक यात्रा गरिएको जानकारी दिनुभयो ।