७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

आर्थिक वर्ष सकिए पनि १७० स्थानीय तहले मन्त्रालयमा बजेट पेश गरेनन्

आर्थिक वर्ष सकिए पनि १७० स्थानीय तहले मन्त्रालयमा बजेट पेश गरेनन्
अ+ अ-

काठमाडौं: आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटेका स्थानीय तहहरुमध्ये अझै १७० स्थानीय तहले बजेटलाई अन्तिम रुप दिन नसकेको पाइएको छ ।

स्थानीय तहहरुले आफूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा बजेट र कार्यक्रम अपलोड गर्नुपर्ने प्रावधान छ । तर कूल ७५३ स्थानीय तहमध्ये १७० तहले अझै बजेट, कार्यक्रम अपलोड गरेका छैनन् ।

कतिपय निकायले अपलोड गरेका विवरण पनि अस्पष्ट, झारा टार्ने किसिमका मात्र छन् । बजेट कुन प्रयोजन र कार्यक्रमका लागि हो भन्ने नै हेर्न नपाइने किसिमका छन् । ललितपुर महानगरपालिकाले राखेको बजेट विवरणमा बजेट अपलोड नगरी महानगरको साइटको लिङ्क मात्र उपलब्ध गराएको छ ।

त्यस्तै काठमाडौं महानगरले करिब २५ अर्ब रुपैयाँको बजेट पारित गरिसकेको समाचार सार्वजनिक भए पनि मन्त्रालयको वेबपोर्टलमा अपलोड भएको छैन ।

मन्त्रालयको विवरणमा, साउन १ गते बिहानसम्म कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १०० स्थानीय तहले बजेट पेश गरेका छन् भने ३७ वटाले अझै गरेका छैनन् । त्यस्तै मधेश प्रदेशका १३६ तहमध्ये ७२ ले बजेट पेश गरेका भए पनि ६४ वटाले पेश गरेका छैनन् । प्रदेशगत रुपमा यो सबैभन्दा कमजोर अवस्था हो ।

बाग्मती प्रदेशका ११९ स्थानीय तहमध्ये ९२ वटाले बजेट पेश गरेका छन् भने २७ वटाले पेश गर्न बाँकी छ । तुलनात्मक रुपमा अगाडि रहेको गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले मात्र बजेट पेश गर्न बाँकी छ । लुम्बिनी प्रदेशका १०९ तहमध्ये ९४ वटाले बजेट पेश गरेका छन् । यस प्रदेशका अझै १५ वटाले बजेट पेश गर्न बाँकी छ ।

कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ४ वटाले मात्र बजेट प्रस्तुत गर्न बाँकी छ, र यहाँ ७५ निकायले बजेट पेश गरिसकेका छन् । हुम्लाका चंखेली, ताँजाकोट र सर्केगाड तथा सल्यानको कुमाख गाउँपालिकाले बजेट पेश गरेका छैनन् । यस प्रदेशका धेरै स्थानीय तहले सभाबाट बजेट पारित पनि गरिसकेका छन् । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ७३ वटा निकायले बजेट प्रस्तुत गरेका छन् भने १५ वटाले गर्न बाँकी छ ।