१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवद्र्धन हुन सक्दैन: मन्त्री लिम्बू



फाईल फोटो
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित लेखक नविन अर्यालको कृति नेपाली खेलकुदको वृत्तान्त पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवद्र्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको भन्दै उहाँले सबै मिलेर खेल क्षेत्रको विकासमा जुट्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवद्र्धन हुन सक्दैन । निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवद्र्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको अवस्था छ । निजी क्षेत्रलाई नजोडि खेल क्षेत्र अघि बढ्न सक्दैन भनेर विभिन्न कार्यक्रममा पनि जोडिरहेका छाँै ।’

मन्त्री लिम्बूले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताउनु भयो ।