१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा को–को सवार थिए ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर आज बिहान सोलुमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । सो विमानमा पाइलटसहित ६ जना सवार थिए ।

विमानका पाइलट सीबी गुरुङ थिए । सो विमानमा २ पुरुष र ३ महिला थिए । पाँचै जना मेक्सिकोका यात्रुहरू रहेका थिए ।

यात्रुहरुमा फर्नान्डो सिफ्रुगेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफन्तेस सवार रहेको मनाङ एयरले जनाएको छ ।

उनीहरु लुक्लामा एक रात बसेर काठमाडौं फर्कदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको थियो ।