२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन: नारायणदत्त मिश्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्नेकुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गर्नुभयो । उहाँले अवैधानिक बाटोबाट मल ल्याउनेहरुलाई कारबाही गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेकेको मलाई थाहा छैन ।’

राष्ट्रिय सभा सदस्य मिश्रले कैलालीमा पानी पर्न नसक्दा किसानहरुले रोपाईं गर्न नसकेकोप्रति सिंचाईको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।